के तपाईलाई थाहा छ, आइफोनमा मानिसको शरिरमा भन्दा २.५ गुणा वढि खनिजतत्व !! कुन, कुन छ त ?

गोर्खाली खवर,

एजेन्सी, २९ चैत्र । पिरियोडिक टेवलमा कुल ११८ प्रकारका खनिज छ । तर हाम्रो शरीरमा जम्मा ३० किसिमका खनिज हुन्छन् । जवकी एक आइफोनमा ७५ प्रकारका खनिज तत्व पाइन्छ । उक्त खनिज हाम्रो शरिरमा भएको खनिज भन्दा २.५ गुणा वढी हो । हाम्रो शरिरमा जुन खनिज हुन्छन्, ति सवै दोश्रो पटक उपयोग गर्न सकिन्छ अथवा ति रिन्यूएवल हुन्छन् । हामी यहाँ आईफोनमा कुन कुन महत्वपूर्ण खनिजतत्व हुन्छ त्यसको वारेमा कुरा गर्नेछौं ।

आइफोनमा भएका धेरै जसो खनिजतत्वको उपयोग दोश्रोपटक गर्न सकिंदैन अथवा ति ननरिन्यूएवल हुन्छन् । त्यसैले यूनिवर्सिटी अफ प्लेमाउथको वैज्ञानिकहरुले प्रयोग विहिन आईफोनलाई ब्लेडरमा हालेर धुलो पारिदिन्छन् । यसपछि केमिकल रियाक्सन गरि सवै खनिजहरुलाई अलग अलग गरी त्यसको मात्र पत्ता लगाए ।

आईफोनमा सवैभन्दा वढि एल्यूमिनियम र सफायस ग्लासको मात्रा हुन्छ । एल्यूमिनियमवाट धेरै पाटर््स् वन्छन् । सफायर ग्लासवाट क्यामराको लेन्स वन्छ । यो हिरा जतिकै वलियो हुन्छ ।

आईफोनको व्यट्रिमा कोवाल्ट, ग्रफाइट, लिथियम र एल्यूमिनियमको उपयोग हुन्छ । यसमा लिथयम आयन व्याट्री लागेको हुन्छ । सिलिकन, फोस्फोसर, एंटिमोनी, आर्सेनिक, वोरोन, इडियम र गैलियम को उपयोग गरि आईफोनको प्रोसेसर वन्ने गर्छ ।

आइफोनको माइक्रोइलेक्ट्रिकल्स्को लागि सुन, चाँदी, तामा र टंगस्टनको पनि प्रयोग हुन्छ । माइक्रोकैपेसिटर्स वनाउनको लागि टान्टालमको प्रयोग हुन्छ । ध्वनि र भाइव्रेसन सम्वन्धि पार्ट्सको लागि निकल, नियोडाइमियिम, प्रेसियोडिमियम, डाइप्रोसियम र फलामको प्रयोग हुने गर्छ ।

हामी आइफोनको स्क्रिनमा औंलाले घुमाएर जे पनि गर्न सक्छौं, तपाईलाई थाहा छ त्यो कुन खनिजवाट वनेको हुन्छ । यसमा धेरै खनिज पदार्थ प्रयोग भएको हुन्छ । यसको लागि एल्यूमिनियम, सिलिकन, पोटाशियम, इंडियम, टिन तथा दुर्लभ धातुको प्रयोग भएको हुन्छ । दुर्लभ धातुको प्रयोग स्क्रिनमा फरक फरक रङ्ग ल्याउनको लागि गरिन्छ ।

कुनै पनि साधारण मोवाईल फोनमा ६२ प्रकारको खनिजको प्रयोग गरिन्छ भने आईफोनमा ७५ किसिमका खनिजतत्वको उपयोग गरिन्छ । आखिरमा यि खनिज पर्दाथ आउँछ कहाँवाट त ? यि मध्ये धेरै खनिज पदार्थ त खानीवाट नै निकालिन्छ ।

दुनियाँ भरको मोवाइल कम्पनीहरु चीनमा आफ्नो उत्पादन यूनिटहरु खोल्छन् किन भने चीनमा संसारकै वढी खनिज र दुर्लभ धातु पाइन्छ । यसरी एक स्मार्टफोन वनाउन यति धेरै खनिज तत्व लाग्ने कुरा आफैमा रोचक कुरा हो ।

प्रतिक्रिया दिनुहोस