काजोलसँग दोश्रोपटक भेट्न चाहँदैनथे अजय देवगन, कारण के थियो ? थाहापाउनु होस् ।

गोर्खाली खवर,

एजेन्सी, ३० चैत्र । एक्ट्रेस काजोल र अजय देवगनको नेचर एकअर्का सँग धेरै नै फरक छ । काजोल चुलवुले र धेरै वोल्नुपर्ने त्यहीँ अजय गम्भीर र शान्त प्रकृतिका छन् । यि दुईले लामो अफेयर पछि विवाह गरी नेचर भन्दा पनि मन महत्वपुर्ण भनि प्रमाणित गरेका छन् ।

तर एउटा समय यस्तो पनि थियो जुनवेला अजयलाई काजल सँग भेट्न मन लाग्दैनथ्यो । काजलसँग पहिलो भेट पाि अजय दोश्रो चोटी उनि सँग भेट गर्न चाहँदैनथे । अजयले एक इन्टरभ्यूमा यसको खुलासा गरेका थिए । अजय र काजको विवाह २२ वर्ष अगाडी भएको हो । तर अहिले पनि काजोलले अजयलाई उनिहरुको पहिलो भेटको कुरालाई लिएर जिस्काउने गर्छिन् । खासमा काजोल अजयलाई यसकारण जिस्काउने गर्छिन् कि एक इन्टरभ्यूमा अजयले काजोललाई पहिलो भेट पछि दोश्रो गर्न नचाहेको वताएका थिए ।

अजय देवगणले काजोललाई पहिलो भेट पछि फेरी भेट्ने मन गरेका थिएनन् । अजयले एक इन्टरभ्यूमा यसको ठूलो कारण वताएका थिए । अजय काजोलसँग हलचल भन्ने फिल्मको शुटिङ्गमा भेटेका थिए ।

उक्त भेटमा काजोल ठुलो श्वरले कराउने, अभिमानी तथा धेरै कुरा गर्नु पर्ने लागेको वताएका छन् । हामी दुईको पर्सनालिटी धेरै फरक थियो त्यसैले मलाई उनी मन परेको थिएन । तर भाग्यमा जे लेखेको हुन्छ त्यही हुन्छ । मलाई पछि विस्तारै विस्तारै काजोल राम्री लाग्न थाल्यो ।

अजय भन्छन् उनिहरु विच कुनै अफिसियल प्रपोजल भएको थिएन । दुवैजना हतार गर्न चाहँदैन थे । अजय भन्छन्, दुवै मध्य कसैले कसैलाई आइ लभ यू भनेका थिएनन् । दुवैमा प्रेम ज्यादै वढ्दै गयो र जव उनिहरु एक अर्काको साथ जिन्दगी विताउन सक्छ भन्ने श्योर भयो तव विवाहको फैसला गरेका थिए ।

तर कसैलाई यसको वारेमा वताएका थिएनन् । अजयले विवाह भएको यत्रो साल भएको र यसको सफलताको क्रेडिट काजोललाई दिएका छन् । अजय भन्छन् पहिलो चोटी जे देखेको हुन्छ त्यो सधैं सत्य नहुने रहेछ । काजोलसँग भेटे पछि यो कुरा थाहा भएको पनि वताए ।

प्रतिक्रिया दिनुहोस