अब फेसबुकमा जे पायो त्यही लेखे, कमेन्ट, सेयर या लाइक गरे १५ लाख जरिवाना, ५ बर्ष जेल

अहिले सामाजिक सञ्जालमा लेख्दा ५ वर्ष जेल वा रू १५ लाख जरिवाना वा दुबै सजाय गर्ने विधेयक संसदबाट पास गराउन सांसदहरू लागेको समाचार बाहिर आएको छ । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले यसबारे फेसबुकमा एक स्टाटस लेखेका छन् । उनी लेख्छन्, कम्युनिष्ट सरकारलाई लोकतन्त्रमा टिक्न र चलाउन गाह्रो हुनेगर्छ।

यिनले आफै वाक् स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रताको मौलिक हकको धारासहितको संविधान बनाउने र आफै संविधानको धारा बर्खिलापको ऐन बनाउने काम गर्नु लोकतान्त्रिक संस्कार नभएकाहरुको मात्र मति हुन्छ । विधेयककै रूपमा स्वतन्त्रतामाथि बन्देज लगाउने वर्तमान प्रस्तावकै रूपमा संसदबाट पारित भयो भने अदालतबाट खारेज गर्नुपर्ने हुन्छ ।

भारतमा सर्बोच्चले यस्तै सोसल मिडियामाथिको बन्देजलाई खारेज गरेको छ र सोसल मिडियामा लेखेको भरमा कुनै बन्देज लगाउन नपाउने र गि र फ्ता र गर्न नपाउने आदेश पनि जारीगरेको छ । यो जमानामा पनि यस्तो संस्कार देखिनु नेपालका शासकहरू प्रविधिको क्रा न्तिले तर्सिएर झन् झन् अलोकतान्त्रिक हुने दिशामा जाँदै गरेको गंभिर लक्षण हो ।

तर अहिले यहॉका जनता सचेत छन्, अदालतले पनि बुझ्दै गएकोले सोसल मिडियामा लेखेका भरमा चलेका सबै जसो मु द्दाहरूलाई गैरसंवैधानिक भएकाले र क सु र प्रमाणित हुन नसकेकाले भका भक खारेज हुदै गएका छन् । नागरिक समाज र बुद्धिजीबीहरूले लोकतन्त्रको रक्षार्थ यस्ता प्रतिगमनकारी विधेयक वा ऐनलाई खारेज गराउने छन् र अबको चुनावमा त्यस्ता गैरलोकतान्त्रिक संस्कार भएका सांसदहरूको जनताले पक्कै पनि टुप्पि उ खे ल्ने छन् ।

प्रतिक्रिया दिनुहोस