“जोन सेना र भेन डिजल” को एक्सनले “फास्ट एण्ड फ्यूरियस् ९” को टेलरमा धुम मचाईरहेको छ

गोर्खाली खवर,

एजेन्सी, ३ वैशाख । “फास्ट एण्ड फ्यूरियस्” फ्रेंचाइजीको नवौं फिल्मको टेलरले फ्यान्सको मन जितिरहेका छन् । उक्त फिल्मको टेलर रिलिज भइसकेको छ । मानिसलाई जोन सेना र भेन डिजलको एक्सन र उनिहरु विचको टक्करको सिन खुवै मन परेको छ ।

“फास्ट एण्ड फ्यूरियस् ९” को डाईरेक्सन जस्टिन लिनले गरेकि हुन् । यो भन्दा अघि फास्ट एण्ड फ्यूरियस् को फ्रेन्चाइजी ३,४,५,६ पनि उनैले डाईरेक्सन गरेकि थिईन् ।

उक्त रिलिज भएको टेलर्समा कमालको सिनहरु देख्न सकिन्छ । यो फिल्ममा स्पिडको खेल देख्न मिल्नेछ । सडकमा दौडीरहेको कारहरु यस फिल्ममा देख्न सकिन्छ । टेलरमा भेन डिजल एक स्पेशल कारमा कुदिरहेको देखिन्छ जसमा चुम्वकीय शक्ति हुन्छ ।

साथमा यो फिल्ममा कमालको डाईलग डेलिभरी पनि देख्न सकिन्छ । उक्त फिल्ममा कैंग, मिशेल रोड्रिग्ज, टायरेज गिव्सन, जोर्डन ब्रुस्टर, नाथाली इमैनुएल र हेलेर मिरेन पनि भेन डिजल र जोन सेनाको साथ देख्न सकिन्छ । “फास्ट एण्ड फ्यूरियस् ९” फिल्म २०२० मै रिलिज गर्नु पर्ने थियो तर कोरोनाको प्रकोपले गर्दा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस