आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं,३ वैशाख ।सुनको मूल्य एक तोलामा ७ सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ।

बिहीबार सुनको मूल्य तोलाको ८९ हजार ८ सय थियो।चाँदीको भाउमा पनि केही वृद्धि भएको छ। आज चाँदी प्रतितोला १ हजार ३ सयमा कारोबार भएको छ।

व्यक्तिको कानबाट यसरी थाहा हुन्छ, कुन मानिस धनी र कुन कंगाल ? तपाई कुन ?
काठमाडौँ । कानको काम सुन्ने मात्र होइन। समुद्रशास्‍त्रका अनुसार कानले मानिसको भाग्‍य र व्यक्त‌ित्व समेत बताउँछ।

त्यसैले तपाईले आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ। यदि तपाईको कान छोटो छ भने तपाईले दुखी हुनु पर्दैन । किनकी छोटो कान भएका व्यक्ति बुद्ध‌िमान हुन्छन् ।

त्यस्तै जो व्यक्तिका कान जन्मजात नै लामा हुन्छन् तिनीहरुले लामो जिवन जिउने समुन्द्रशास्त्र बताउँछ । जन्मजात नै लामा कान भएका व्यक्तिले जिवनमा कम संघर्ष गर्न पर्छ।

यो पनि पढ्नुहोस
यी ८ सपना मध्ये कुनै एक देख्नुभयो ? हुनसक्छ अचानक धन लाभको संकेतघरमा आजै रोप्नुहोस् यस्ता बिरुवा, कहिल्यै हुनेछैन पैसाको कमी

कान चेप्टा भएका व्यक्तिले भने भिन्न खालका हुन्छन् । उनीहरु भोग विलासी स्वभावका हुन्छन्। कानमा लामा लामा रौँ आएका व्यक्तिहरुलाई मानिसले मन नपाराए पनि उनीहरु दिर्घायू हुने शास्त्रको दावी छ।

यस्ता व्यक्तिले आफ्नै कर्मका आधारमा राम्रो धन सम्पत्ती आर्जन गर्न सक्छन्। त्यस्तै सारै छोटा कान भएका व्यक्ति अत्यन्तै मितव्ययि हुने र धन बचाउने स्वभावका हुन्छन्।कालो र सुख्खा देखिने कान भएका व्यक्तिलाई शास्त्रले नराम्रो संकेत गरेको छ। यस्ता कान भएका व्यक्तिले जिवनमा अधिकांश समय आर्थिक अभावको सामना गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस