माया बिनाको मागी विबाह गर्न सकिन्छ भने श्रीमान बिनाको बच्चाको आमा पनि बन्न सकिन्छः चर्चित कोरियोग्राफ फराह खान

एजेन्सी । भारतकी चर्चित कोरियोग्राफर एवं फिल्ममेकर फराह खान तीन सन्ताकी आमा हुन् । उनले आफु ४३ वर्षकी हुँदा आमा बन्ने निर्णय लिएकी थिईन् । उनले पहिला नै आफु ४३ वर्षको भएपछि आमा बन्ने उदघोष गरेकी थिईन् । फराह खानका अन्या, कजार र डीवा नामका तीन सन्तान छन् । ती तीनै सन्तान १२ वर्षका छन् ।

फराह खानले चिठ्ठीमा लेखेकी छन्,‘छोरी, श्रीमती र आमा हुनकोलागी मलाई निर्णय लिनु नै थियो । जब म कोरियोग्राफर, फिल्ममेकर र प्रोड्यूसर बन्न सक्छु भने आमा पनि त बन्न सक्छु नी । यो मेरो भित्री आवाजलाई मैले जब सुनें तब मैले आफु आमा बन्ने ठानें । यो नितान्त मेरो जिन्दगी हो र निर्णय लिने अधिकार पनि नितान्तै मसंग छ भन्ने लागेर ने मैले आमा बन्ने निर्णय लिएँ र म आमा बनें ।’

उनी लेख्छिन्,‘आज म मेरा तीन सन्तानकै कारण एउटी गौरवान्वित आमा बनेकी छु । म तब मात्रै आमा बनें जब म यस्कोलागी तयार थिएँ । म समाजले तँ आमा बन्नु पर्छ भनेर आमा बनेकी होईन । मैले आईभिएफको माध्यमबाट आफुलाई आमा बनाएकी हुँ । त्यसैले म मेरा विज्ञलाई धन्यबाद दिन चाहान्छु । जस्ले मलाई आईभिएफको माध्यमबाट आमा बनाउनमा उचित सल्लाह दिनु भयो र आज म तीन सन्तानकी आमा भएकी छु ।’

फराह आफ्ना फ्यानहरुलाई यदि तपाईँ माया नगरेकै टोटल पारिवारिक विबाह गर्न सक्नु हुन्छ भने श्रीमान बिना आमा पनि बन्न सक्छु हुन्छ नि भन्दै सन्तानकोलागी विबाह नै आवश्यक नभएको बताएकी छन् । फराह खानले आफ्नो निर्णयले नै आफुलाई बनाउने हो भन्दै अरुको भन्दा आफ्नो सुनेर अगाडी बढ्न सुझाव दिएकी छन् । उनले आफुलाई आईभिएफ आमा बनाएकोमा निकै नै गर्व महसुस गर्ने गरेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस