वलिउडका स्टार किड्स् अभिनेता अभिषेक वच्चन मध्यम वर्गिए साधारण जिन्दगीमा हुर्किएका थिए !!!

गोर्खाली खवर,

एजेन्सी, ४ वैशाख । अभिषेक वच्चन एउटा यस्तो एक्टर्समा गनिन्छ जो आफ्नो फ्यान्सको साथ आफ्नो राम्रो व्यवहारको लागि चिनिन्छ । मेघास्टार अमिताभ वच्चनको छोरा र आफु स्वयम् एक सफल एक्टर भए पछि उनको सरल स्वभाव मानिसलाई ज्यादै मनपर्छ ।

हालसालै एक इन्टरभ्यूमा आफ्नो हुर्काइलाई लिएर केही कुरा आफ्नो फ्यानहरुमा शेयर गरेका छन् । अभिषेकले आफ्नो पालपपोषण एक मिडिल क्लास फैमिली जस्तै भएको वताएका छन् । अभिषेक वच्चनले आमा जया वच्चनलाई आफ्नो नर्मल लाईफ हुर्किएको क्रेडिट दिएका छन् ।

उनले भने आमा जया वच्चनले उनको र वहिनी श्वेता वच्चनलाई सानै देखि नर्मल लाईफ मिडिल क्लास जिन्दगी दिएको वताए । अभिषेक भन्छन्, आमाले आफ्नो योग्यताको भरमा मात्र कुनै पनि चिज प्राप्त हुने आशा राख्नु पर्छ भनेको वताउँछन् । अभिषेक अगाडी भन्छन्, आफ्नो अभिभावक को हो यसको सम्वन्ध हुँदैन र आवश्यक पर्ने वेला परिवारसँग तपाईको के सम्वन्ध छ त्यो पनि काममा आउँदैन ।

दिनको अन्तमा जव अडियन्स थिएटरमा हुन्छन् त्यो वेला तपाईलाई देखिरहेको हुन्छन् । उनिहरुले तपाईको फिल्म हेर्न टिकट लिएका हुन्छन् । यदि उनिहरु अमिताभ वच्चन, जया वच्चन वा ऐश्वर्या राय वच्चनलाई हेर्न चाहन्छन् भने उनको फिल्मको टिकट लिन्छन्, उनिहरु मेरो फिल्म हेर्न किन आउँछन ?

उनले फिल्मवाट पाउने रेस्पन्सको वारेमा पनि कुरा गरेका छन् । अभिषेक भन्छन्, हामी यहाँ अडियन्सको मनोरन्जन गर्नको लागि हौं । तपाई चाहनुहुन्छ कोही तपाईलाई धाप दियोस् यो एक्टरको लागि धेरै ठुलो र शानदार कुरा हुन्छ । मलाई राम्रो लाग्छ कि जव मेरो फिल्मले राम्रो प्रदर्शन गर्दछ । मलाई अडियन्सले राम्रो फिडव्याक दिएको मनपर्छ ।

यदि मलाई राम्रो रेस्पन्स आएन भने मैले त्यसवाट सिक्ने गर्छु । हालै अभिषेक वच्चनको फिल्म ”विग वुल” ओटिटी प्लेटफर्ममा रिलिज भएको छ । फिल्ममा अभिषेकलाई स्टक व्रोकर हर्षद मेहताको रोलमा देख्न सकिन्छ । फिल्मलाई केहीले नेगेटिभ रेस्पन्स दिए भने केहीले फिल्म मन पराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस