विश्वकै सवै भन्दा लामो कपाल भएकी केटी जसले १२ वर्ष पछि कपाल कटाइन्, कारण के त?

गोर्खाली खवर,

एजेन्सी, ४ वैशाख । गुजरातको मोडासामा रहने नीलांसीको कपालको लम्वाई ६ फिट ३ इन्च जति थियो । गिनीज वल्र्ड रेकर्डले आफ्नो आधिकारीक इंस्टाग्राममा नीलांसीको कपाल काटेको भिडियो सोशल मिडिया मार्फत साझा गरेका छन् ।

आफ्नो कपाल राम्रो र लम्वाईको आधारमा नीलांसीले वल्र्ड रेकर्ड वनाएका थिए । ६ अगस्त २००२ मा जन्मेका नीलांशीले पहिलो चोटी २०१८ मा गिनिज वुकमा नाम लेखाएकी थिईन् । इटालीमा एक कार्यक्रममा उनको कपालको लम्वाई पाँच फिट सात इन्च थियो ।

त्यही समय नीलांशीले अर्जेन्टीनाकी एक किशोरीको रेकर्ड तोडेकी थिईन् । यस पछि सेप्टेम्वर २०१९ मा छ फुट तीन इन्च वढेको लम्वाई सहित नीलांशीले दोश्रो चोटी आफ्नो नाम गिनिज वुकमा दर्ता गराई । उनको उमेर त्यो वेला जम्मा ६ वर्ष थिई । त्यहीवेला उनल अन्तिम चोटी कपाल काटेकी थिईन् ।

तर अहिले १२ वर्ष पछि निलांशीले एक राम्रो कामको लागि कपाल काटेकी छिन् । उनले आफ्नो ६ फिट लामो कपाल काटेर अमेरिकाको एउटा म्यूजियमा पठाउने वताएकी छिन् । उनले आफ्नो कपाल त्यहाँ क्यान्सरसँग लडिरहेका वच्चाहरुको लागि दान गर्दै छिन् ।

उनि भन्छिन्, म यो यसकारण गरिरहेकी छु की मानिसले महान उद्देश्यको लागि म सँग प्रेरणा पाएर क्यान्सर ग्रसित वच्चाहरुको लागि आफ्नो कपाल दान गरोस ।

नीलांसी वताउँछिन की उनको आमाले पनि आफ्नो कपाल काटेर ति वच्चाहरुलाई दान गर्दै छिन् । गुजरातको मोडासामा वस्ने नीलांसी आफ्नो कपालको लागि चर्चित छिन् । हाल उनले पवित्र उद्दश्यको साथ कपाक काटिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस