आफ्नो घर अगाडी रुखमा रहश्यमय जनावर देखेर मानिस ज्यादै डराए, साँचो कुरा थाहा पाउँदा हाँसो छुट्यो !!

गोर्खाली खवर,

एजेन्सी, ५ वैशाख । पोल्याण्डको क्रोको शहरमा जनावरवाट मानिसको सुरक्षा गर्न पशु कल्याण अधिकारीहरुलाई उक्त स्थानमा तैनाथ गरिएको थियो जहाँ उनिहरुले उक्त जनावरको पहिचान गरेका थिए । उक्त जनावरवाट कसैलाई नोक्सान भएको थिएन ।

उक्त रहश्यमय जिवलाई सवै भन्दा पहिला एक महिलाले देखेकी थिईन । उक्त महिलाले फोन गरि सवैलाई वोलाए पनि त्यहाँ डरको स्थिती पैदा भएको थियो । उक्त रहश्यमय जनावरले मानिसहरु विच भय र आतङ्क मचाई दिएको थियो ।

यस अजिव किसिमको जनावर रुखमा झुण्डिरहेको थियो त्यहाँका मानिसहरु यसलाई देखेर धेरै डराइ रहेका थिए । जव ति मानिसहरुले साँचो कुरा थाहा पाए त उनिहरुको हाँसो छुट्यो र हेत्तेरिका भनि लाजले मुख छोपे । खासमा त्यो रहश्यमय जनावर भनिएको चिज जनावर नभई एक खाने वेकरी आईटम क्रोसन भएको पुष्टि भएको छ ।

जुन रुखमा टाँसिएको देखेर मानिसले जनावर सम्झेका थिए । यसका जानकारी फेसवुकमा दिएका छन् । त्यहाँको एनिमल वेलफेयर सोसाइटीले जव त्यसको जाँच गरे त साँचो कुरा निस्केको थियो । कसैले पंक्षिहरुलाई खुवाउन उक्त क्रोसन त्यहाँ राखेको हुनसक्ने वताएको छ ।

प्रतिक्रिया दिनुहोस