आमा श्रीदेवीसँग आफ्नो तुलना हुँदा एक्ट्रेस जान्हवी कपुर भन्छिन्, “ज्यादै प्रेशर फिल गरिरहेकी छु”

गोर्खाली खवर,

एजेन्सी, ५ वैशाख । डाइरेक्टर बोनी कपुर र दिवंगत एक्ट्रेस श्रीदेवीकी छोरी जान्हवी कपुरले वलिउड इन्डस्ट्रीमा फिल्म धडक वाट पाईला टेकेकी हुन् । यसमा उनको जोडी ईशान खट्टर थिए । दर्शक विच उनिहरुको जोडीको ज्यादै चर्चा भएको थियो । यस पछि जान्हवीले अरु धेरै फिल्ममा खेले । फिल्म गुन्जन सक्सेना भन्ने वायोपिक र रुही जस्तो फिल्ममा खेल्ने अवसर पाइन् ।

हालै भएको एक इन्टरभ्यूमा जान्हवी कपुरले उनकी आमा श्रीदेवीलाई कसैले सजिलै इम्प्रेस गर्न नसक्ने वताएकी छिन् । वलिउड फिल्म इन्डस्ट्रीको सम्वन्धवाट केही राम्रो कुरा आउँछ भने केही नराम्रो कुरा पनि आउने गर्छ । जान्हवी भन्छिन्, सिर्फ नेपोटिज्म मात्र होईन, धेरै चोटी नायिकाहरु विच तुलना हुने गर्छ । म र मेरो आमा श्रीदेवी विच पनि धेरै चोटी तुलना हुने गरेको छ । अहिले पनि हुन्छ ।

आमा आफ्नो समयमा सवै भन्दा सानदार एक्ट्रेसहरु मध्ये एक हुनुहुन्थ्यो । उनि अगाडी भन्छिन्, जव मेरो तुलना मेरो आमासँग हुन्छ तव मलाई ज्यादै प्रेशर महसुस हुन्छ । आमा श्रीदेवी पनि यसलाई लिएर सधैं चिन्तित हुन्थिन् । उनि भन्थिन् आशा गर्छु तिम्रो तलुना मसँग नहोस् । किनकी यो तिम्रो पहिलो फिल्म हो र मैले पहिला नै ३०० फिल्म गरिसकेकी छु । मैले यो वारे कहिले नसोचेको भनिन् ।

अहिले म ज्यादै प्रेशर फिल गरिरहेकी छु त्यो वेलावाट जुन वेला धडकको सुटिंग भईरहेको थियो । म आफ्नो अभिनयवाट मानिसलाई निरास गर्न चाहन्न । म आभारी छु जस्ले मेरो कामको प्रसंसा गर्छ । म आफ्नै योग्यताको वलमा यो इन्डस्ट्रिमा आफ्नो नाम वनाउन चाहन्छु, तुलना गरेर होईन ।

जान्हवी कपुरको हालैमा नयाँ फिल्म रुही रिलिज भएको छ । त्यसमा उनको अभिनयको प्रशंसा भएको छ । उनि चाँडै नै करण जौहको फिल्म “दोस्ताना २” मा आउँदै छिन् । त्यसै उनको “तख्त” र “गुडलक जेरी” जस्ता फिल्म पनि आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस