क्यामराको अगाडी धेरै रक्सी पिएर जँड्याहा वनि लाखौं कमाईरहेका छन् , कसरी ?

गोर्खाली खवर,

एजेन्सी, ५ वैशाख । इन्टरनेको दौडमा लागेका कति व्यक्तिहरुले अनलाईन लाइभ स्ट्रिम गरी लाखौं पैसा र नाम कमाईरहेका छन् । केही व्यक्तिहरु सिर्फ गेम खेली र प्रोडक्टको रिभ्यू दिएर फ्यान्स् वढाउने र पैसा कमाउने गरेका छन् ।

जवकी चीनमा पनि यस्तै एउटा नयाँ ट्रेन्ड अगाडी आएको छ, जुन खतरनाक पनि छ । चीनमा पछिल्लो केही समय देखि केही मानिसहरुले अनलाईन लाइभस्ट्रिमिङ्ग गरि बीयर, ह्विस्कि, वाईन तथा रम जस्तो नशालु पेय पदार्थ सेवन गरि आफ्नो नशालु हालतवाट फ्यान्सलाई इन्टरटेन्मेन्ट गराईरहेका छन् । यसवाट उक्त व्यक्तिको लोकप्रियता पनि वढीरहेको पाईएको छ ।

रक्सी पिएर लाईभ गर्ने व्यक्तिले लाखौंको संख्यामा फ्यान वढाएका छन् । यि व्यक्तिहरुले हप्ताको चार,पाँच चोटी सम्म रक्सि पिएर लाईभस्ट्रिमिङ्ग गरी आफ्नो फ्यानलाई नयाँ कन्टेन्ट उपलव्ध गराईरहेका छन् । उनिहरुले यसवाट लाखौं कमाई रहे पनि यसले सर्वसाधारणको हेल्थमा खतरा पैदा गरिरहेको छ ।

यस्तो लाईभ भिडियोमा मानिसहरु धेरै हाई कन्टेन्ट अल्कोहल भएको रक्सी घट्घट् पिउने र त्यस पछि आफ्नो खराव हालत हुँदा पनि दर्शकलाई इन्टरटेन्टमेन्ट गरि लाखौं कमाउने गर्दछन् । अहिले चीनको प्रशासनले यस्ता केही भिडियोमा व्यान लगाएका छन् । जुन भिडियोमा धेरै थरिका धेरै खाना क्यामराको अगाडी राखी खाने गथ्र्यो र यो ट्रेन्ड चीनमा ज्यादै पपुलर हुँदै गईरहेको थियो ।

तर सरकारले अहिले यस्ता भिडियोको लाइभ स्ट्रिम वन्द गरिदिएको छ । चीनको प्रशासनले यसवाट मानिसको स्वास्थ्यमा गम्भिर असर गर्ने मात्र नभई फजुल खर्च पनि वढ्ने गर्छ भन्दछन् । अहिले आएर चीन प्रशासनले यस्तो लाईभ रक्सी पिउने भिडियो माथि एक्सन लिने वारे गम्भिरतापूर्वक सोचिरहेको वताएको छ ।

प्रतिक्रिया दिनुहोस