अमेरिकी आकाशमा देखिएको अज्ञात हवाई यान (उडन तस्तरी) ले सवैको निद्रा उडायो, रक्षा विभागले यसवारे पुष्टि गर्यो ।

गोर्खाली खवर,

एजेन्सी, ५ वैशाख । अमेरिकाका आकाशमा एक अज्ञात यूएफओ (हवाई यान) देखिएको छ र जसको तस्विर समेत लिक भएको छ । उक्त तस्विरले दुनियाँमा मानव समुदाय वाहेक दोश्रो प्रजातिहरु वा एलियनहरुको उपस्थिति भएको चर्चालाई पनि ताजा गरिदिएको छ ।

अहिले अमेरिकी रक्षा विभागले उक्त तस्विरको वैधता पनि पुष्टि गरिदिएको छ । सिएनएनको रिपोर्टको अनुसार पेंटागनको प्रवक्ता सू गफको एक वयानमा आकाशमा वादलको विच त्रिकोण आकारका वस्तुहरुको तस्विर तथा विडियो लिइएको थियो ।

उनले यो पनि पुष्टि गरे की तीनवटा अज्ञात उड्ने वस्तुहरुको फोटो लिएकोमा एक गोलो आकारको, दोश्रो एकोर्न आकारको र तेश्रो मेटालिका ब्लींप को रुपमा छ । उक्त सवै तस्विर नौसेनाद्वारा लिइएको थियो । उनि अगाडि भन्छन्, सैनिकद्वारा देखेको यस उडन तस्तरीको जाँचको लागि वनाएको अज्ञात एरियल फेनोमेना टास्क फोर्सले यस घटनालाई उनिहरुले आफ्नो चलिरहेको परिक्षामा सामेल गरेका छन् ।

उक्त तस्विर तथा भिडियोहरु पछिल्लो हप्ता एक्स्ट्रा अर्डिनरी बिलीफ्स वेबसाईटमा प्रकाशित गरेपछि यो भाईरल भएको थियो । यो वारे नौसेना भन्छ, अनधिकृत या अज्ञात यस्तो वायुयान हालको वर्षहरुमा विभिन्न सैन्य नियन्त्रित रेन्ज वा अन्तरिक्ष सीमामा प्रवेश गरिरहेका छन् । अमेरिकाको नौसेनाले पहिले जुन क्लिपको पुष्टि गरेका थिए त्यसैलाई अहिले असली भएको वताईएको छ ।

प्रतिक्रिया दिनुहोस