व्यक्तिले सुपरमार्केटबाट सलाद किनेर ल्याए,प्याकेट खोल्दा निक्ल्यो विषालु सर्प

कुनैपटक यस्तो पनि हुन्छ,जहा हामिले उम्मिद नगरेको ठाउँमा पनि सर्प देखिन्छ । तर खानाको सामानमा सर्प भटियो भने सायद सबैजना हैरान हुन्छन् । यस्तै मामला अगाडि आएको छ ,जब सलादको प्याकेट खोल्दा प्याकेटबाट विषालु सर्प निकल्यो ।

‘द गार्जियन ’ को एक रिपोर्टको अनुसार ,यो घटना अस्ट्रेलियाको सिडनी शहरको हो । त्यो व्यक्तिलाई अन्दाजा थिएन होला उ सलाद किन्दै छ र त्यसको परिणाम के हुनेछ । घर पुगेर जब उसले प्याकेट खोल्यो त्यसबाट सर्प निकल्यो ।

यो सबै त्यतिबेला भयो जब अलेक्जेंडर नामको व्यक्ति र उनको पार्टनर एमिली नेटी सिडनी को एउटा सुपरमार्केट स्टोरमा गएका थिए । ति व्यक्तिले पातदार सब्जी र सलाद त्यही बाट किनेका थिए ।यसपछि उनिहरु सबै सामान किनेर घर फर्किए ।

घर पुगेर जब उनले प्याकेट खोले त्यसबाट एउटा विषालु सर्प निकल्यो । सर्प त्यही प्याकेटमा घुमिराथ्यो र आफ्नो सानो जिब्रो बाहिर निकालिरहेको थियो । पहिला त उनिहरुलाई त्यो सानो किरा हो जो प्याकेटमा घुमिरहेको होला तर उनलाई चाडै महसुस भयो कि याृे सर्प हो ।

हुनत त्यो सर्पको बच्चा थियो, जसको लम्बाई २० सेन्टिमिटर थियो । जानकारीको अनुसार यो सुपरमार्केटको रेफिजिरेटेड ग्रोसरीमा सुतिरहेको थियो । जहा लेटय्स राखिएको थियो ।

रिपोर्टको अनुसार सर्प देखेपछि परिवारले वन्यजिव संगठनमा यसको सुचना दिए ।संगठनले भने कि यो सर्प अस्ट्रलियामा पाईने सबैभन्दा विषालु सर्प मध्ये एक हो ।

उक्त व्यक्तिले यो पनि भने कि जुन सलादको प्याकेटमा सर्प निक्लिएको थियो त्यो उनले फालृेका छैनन् ।उनले लेट्युसलाई राम्रोसंग धोएर सलाद बनाए । यसको साथै उनले भने सधै आफ्नो सलादलाई धुन पर्छ।

सोशल मिडियामा यो सर्प र सलादको भिडियो भाइरल भइरहेको छ । सलाद किन्ने मानिसले पनि यो सोशल मिडियामा शेयर ग¥या छ । अरु मानिसहरुले पनि यसको तस्बिर शेयर गरेको छ ।

यो घटना अघाडी आएपछि प्राय मानिसहरुले उनलाई भने केही किन्नु भन्दा पहिला चेक गर्नुपथ्र्यो ।कोही मान्छे आफ्नो पक्ष राख्दै पहिला यसको जाचँ गर्न पर्छ भन्दै थिए ।

प्रतिक्रिया दिनुहोस