२१ सन्तानलाई जन्म दिईसकेकी यी युवती, फेरी गर्भवती

‘दुई सन्तान इश्वरका बरदान’ भन्ने कुरालाई आत्मसात गर्दै आजभोलि मानिसहरु १ या २ सन्तानलाई मात्र जन्म दिन्छन र उनीहरुको पालनपोषणमा बिशेष ध्यान दिन्छन। तर ब्रिटेनमा भने एक महिलाले २१ सन्तानलाई जन्म दिईसकेकी छिन। अब फेरी पनि उनि २२ पटक आमा बन्न लागेको खबर बाहिरिरहेको छ।

ब्रिटेनको मेरोकेम्बोमा बस्ने ४४ बर्षीया सू रैडफोर्ड र उनका पति ४८ बर्षीय नोएलको परिवारलाई ब्रिटेनको सबैभन्दा ठुलो परिवार भनिएको छ। यिनीहरु बेकरी उद्योग चलाएर आफ्नो पारिवारिक गुजारा गर्दै आइरहेका छन।

मिडिया रिपोर्टका अनुसार सु ले गत बर्ष नोभेम्वरमा मात्र एक छोरीलाई जन्म दिएकी हुन् अहिले फेरी उनि १५ हप्ताको गर्भवती रहेको जानकारी गराईएको छ। सु ले अब आफुले छोरा जन्माउने पनि बताएकी छिन। यदि यो पटक उनको छोरा भएमा उनको ११ छोरा र ११ छोरीको जम्बो टोलि हुने बताईएको छ।

सु र नोएलले १० कोठाको घर बनाएका छन् जहाँ उनीहरु आफ्ना बच्चासंगै बस्ने गरेका छन। यिनीहरुका जेठो छोरा र जेठी छोरी साथमा छैनन् यिनीहरुकी जेठी छोरीको त बिवाह पनि भईसकेको छ

प्रतिक्रिया दिनुहोस