वलिउड एक्टर अक्षय कुमारसँग अफेयरको शङ्का गरि ट्विङ्कल खन्नाले प्रियंका चोपडालाई फोन गरे

गोर्खाली खवर,

एजेन्सी, ६ वैशाख, अक्षर कुमार र ट्विंकल खन्ना वलिउडका सवै भन्दा राम्रो कपल्स् मा एक हुन् । दुवैको विवाह भएको पनि धेरै वर्ष भैसकेको छ । दुवैको सम्वन्ध धैरै राम्रो चलेको छ । तर उनिहरुको एउटा दिन यस्तो पनि थियो कि उनिहरु विच टेन्सन भईरहेको थियो ।

खासमा सवैकुरा तव शुरु भएको थियो कि अक्षय कुमारले न्यूकमर प्रियँका चोपडासँग फिल्म अन्दाजमा काम गर्न शुरु गरेका थिए । उक्त फिल्म ब्ल्कवस्टर सावित भयो र दुवैको अनस्क्रिन केमिस्ट्रीले मानिसहरुलाई तान्न शुरु गरे ।

नतिजा यो भयो की उनिहरुले एक सालमा तीन फिल्म साईन गरे । यसैको साथै हावा कुराहरु पनि आउन लागे कि उनिहरु विच अफेयर चलिरहेको छ । शुरुवाटमा अक्षरकी पत्नी ट्विङ्कललाई यसले केही फरक पारेन तर मिडिया रिपोर्टस्को मुताविक पछि दुवैको विच केही भईरहेको खवर ट्विङ्कलको कानमा पर्यो ।

त्यसपछि त के थियो, ट्विङ्कलले अक्षयलाई प्रियंकासँग टाढा रहन सल्लाह दिए तर अक्षय मानेनन् । मिडिया रिपोर्ट्स को मुताविक, पछि ट्विङ्कलले प्रियंकालाइए वार्निङ्ग दिन फोन गरे र दुवैको ठुलो वादविवाद भयो । एक चोटी त ट्विङ्कल शुटिङ्ग सेटमा नै पुगे जहाँ अक्षयको सुटिङ्ग भईरहेको थियो ।

रिपोर्ट्स्को अनुसार त्यहाँ ट्विङ्कल प्रियंकालाई थप्पड हान्ने मनशायले गएकी थिईन् तर अक्षयले ट्विङ्कलाई कन्ट्रोलमा राखि उनको रिस शान्त गरे । यस पछि अक्षयले आफु प्रियङ्काको साथ कहिले काम नगर्ने भनेर वचन दिए र उक्त समस्यालाई रफादफा गरे ।

 

प्रतिक्रिया दिनुहोस