भिम रावल गर्जिदै भने : देशघा’ति एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको, कर्तव्य हो ।

काठमाडौं : नेकपा एमालेका निल’म्बित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिँदै एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको क’र्तव्य रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सभामुखले एमसीसीसँगको स’म्झौता संसदमा रोक्न पाउने अधिकार छ भनेर प्रश्न गरेको प्रसंग को’ट्याउँदै नेता रावलले एमसीसी रोक्नुपर्ने तर्क गरे । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै रावलले लेखेका छन् ।

सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनुभएको रहेछ । देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो । यस्तो कर्तव्यप्रति देशघा’तीहरूमा भने घृणा हुन्छ ।

प्रतिक्रिया दिनुहोस