म पनि आफै अचम्मि छु, बिहे गर्दिनँ भनेर हिडेकी थिएँ तर मलाई थिरले चोखो प्रेम दिएका छन्ः अन्जु पन्त

काठमान्डौ : गायिका अन्जु पन्तले आफूलाई थिर कोइरालाले चोखो प्रे म दिएको बताएकी छिन् । प्रे म दिवसको अवसरमा कुरा गर्दै अन्जुले भनिन्–‘एउटा किताबमा सयौं पेज हुन्छ । त्यसमा सयौं कहानी र घटना हुन्छन् ।

सोचेको भन्दा नसोचेको घ ट ना आइलाग्छ । म पनि आफै अचम्मि छु, बिहे गर्दिनँ भनेर हिडेकी थिएँ ।’ अन्जुले थिरलाई आफूले नजिकबाट चिनेको ४ बर्ष भएको बताइन् ।अन्जुले आफूलाई थिरले चोखो प्रेम दिएको उल्लेख गरिन् । बिहेको बिषयमा उनले भनिन्–‘हामी ४ बर्षदेखि नजिक थियौं ।

तर, बिहेको कुरा अगाडि बढेको गत बर्षबाट मात्र हो । परिवारसँग कुरा गरेर अगाडि बढ्ने सहमती गरेर हामीले एक हुने निर्णय गर्यौं । बिहे कहिले गर्ने भन्ने कुरा त पछि थाहा भैहाल्छ ।’अन्जुले थिरमा इष्र्या, डाहा र छटपटी केही पनि नभएको भन्दै शान्त स्वभावको बानी आफूलाई मन परेको सुनाइन् ।

आफ्नो प्रेम दिवस विशेष भैरहेको बताउँदै अन्जुले भनिन्–‘सबैको जीवनमा प्रेमको महत्व हुन्छ । तर, पछिल्लो समय भ्यालेन्टाइन डेलाई फेसनको रुपमा मानिसहरुले लिइरहेका छन् । प्रेम दिवस फेसन मात्र होइन । किशोर अवस्थामा हुने प्रेम र अहिलेको प्रेम फरक हुने रहेछ ।’

उनले प्रेममा माया, इज्जत, आदरणिय कुरा हुने भन्दै यो कुरालाई वुझेका जोडीको प्रेम सफल हुने सुनाइन् । अन्जुले भनिन्–‘प्रेम, सद्भाव, इज्जत र फिक्री अझै बढी हुनुपर्छ । दुबैमा एकले अर्कोलाई सम्मान पनि गर्नुपर्छ ।’अन्जुले थिरका लागि प्रेम दिवसको अवसरमा चलचित्र ‘ऐश्वर्य’मा समावेश ‘तिमी रोएको पल तिमीलाई’ गाएर समेत सुनाइन् ।

प्रतिक्रिया दिनुहोस