पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई दम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर बैशाख ५ गते स्वेदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ । करिव २ साता लामो तीर्थयात्रा सकेर स्वदेश आएका पूर्वराजा ज्ञानेन्द्र शाह केही समय होम क्वारेन्टीनमा बस्ने बताएका थिए ।

उनी प्रत्येक १२ वर्षमा एकचोटी लाग्ने महाकुम्भ भेलामा सहभागी भएर बैशाख ५ गते स्वदेश फर्केका हुन् । दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा एकैदिन ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। उक्त दिन पूर्वराजा ज्ञानेन्द्रले पनि शाही स्नान गरेका थिए ।

त्यहाँ पूर्व राजालाई हिन्दू सम्राटका रुपमा निक्कै भव्य ढंगले स्वागत आतिथ्य र विदाई गरिएको थियो । त्यहा उनले बिशेष अतिथिका रुपमा सम्वोधन पनि गरेका थिए । विमानस्थलमा राजालाई स्वागत गर्नको हजारौंको संख्यामा मानिसहरु उपस्थित भएपछि प्रहरीलाई भिड व्यवस्थापन गर्नको लागि हम्मेहम्मे परेको थियो ।

राजालाई स्वागत गर्नको लागि विमानस्थलमा स-साना बालबालिकाहरुलाई विना मास्क लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस