अभिनेत्री कंगना रनौतको सहानुभुति कार्तिक आर्यनलाई !! कार्तिकलाई फिल्म दोस्ताना २ वाट गलहत्याइएको थियो !!

गोर्खाली खवर,

एजेन्सी, ७ वैशाख । करन जोहरको धर्मा प्रोडक्सनले एक अफिशियल स्टेटमेन्ट रिलिज गरि कार्तिक आर्यनलाई फिल्म दोस्ताना २ वाट हटाईएको खवर वाहिर आएको छ । अहिले जहाँपनि यहि कुराको चर्चा भइरहेको छ ।

अभिनेत्रि कंगना रनौत जसले जहिले पनि करन जोहरलाई टार्गेट गर्न छोड्दैनन्, उनले यस स्टेटमेन्ट पछि एक चोटी फेरी करनलाई टार्गेट गरी कार्तिक आर्यनको लागि सोशल मिडियामा मेसेज लेखेकि छिन् । उनले कार्तिक आर्यन यहाँसम्म आफ्नो योग्यतामा आएका हुन् र पछि सम्म यस्तै काम गर्दै जानेछ ।

मेरो नेपो ग्याँगसँग रिक्वेस्ट छ कि कार्तिकलाई एक्लै छोडी देउ । सुशान्तलाई जस्तै पछी लागि झुण्डीनु पर्ने स्थित सृजना नगर । उसलाई एक्लै छोडी दे गिद्दहरु, चिन्दी नेपोहरु उसवाट टाढा वस । उनि आगाडी लेख्छिन्, कार्तिक आर्यन तिमीलाई यि चिल्लर ग्याँगसँग डराउन केही आवश्यक छैन ।

यस्तो वकवास आर्टिकल र अनाउन्समेन्ट रिलिज गरेर तिम्रो एटिट्यूडलाई व्लेम गरेका छन् । उनिहरुले सुशान्तलाई पनि यस्तै गरेका थिए । तिमी एक्लै छैनौं, तिम्रो साथ म छु । जसले तिमीलाई वनाएको होईन उसले तिमिलाई केहि गर्न सक्दैन । सवैजनालाई ड्रामा क्वीन करन जोहरको वारे थाहा छ ।

तिमी आफुले आफुलाई विश्वास गर र डिसिप्रेनमा वस । विश्वस्त शुत्रको अनुसार यसरी कार्तिक आर्यनलाई निस्कासन गरे पछि धर्मा प्रोडक्सनको टिमले राजकुमार राओ या विक्की कौशललाई उक्त फिल्ममा कास्ट गर्ने वारे सोचिरहेको छ ।

प्रतिक्रिया दिनुहोस