नेपालमाथि नेदरल्याण्डको अविश्वसनिय जित

गोर्खाली खवर,

एजेन्सी, ७ वैशाख । नेदरल्याण्डले आजको खेलमा नेपाललाई ३ विकेटले पराजित गरी वजाज पल्सर त्रिकोणात्मक ट्वान्टि–२० मा फाइनल नजिकै पुगेको छ । आजको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर व्याटिङ्ग गरेको नेपालले ६ विकेट गुमाएर २०६ रन वनाएको थियो ।

नेदरल्याण्डले ३ वल वाँकी छँदै उक्त लक्ष्य हासिल गरी दोश्रो जित दर्ता गरेको छ । नेपालको यो पहिलो हार हो ।

नेदरल्याण्डका वा डी लिडले अविजित ८१ रन वनाउँदै अविश्वसनिय जित दिलाए । उनले ४२ वलमा ५ छक्का र ७ चौका प्रहार गरेका थिए । बेन कुपरले ५५ रन वनाए । कप्तान पिटरले ३१ रन वनाए ।

नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ४८ रन खर्चे । करण केसी, कुशल मल्ल र अविनाश वोहरा नाममा १–१ विकेट रह्यो ।

आजको खेलमा नेपालका कुशल भुर्तेल आफ्नो पहिलो ३ खेलमा ट्वान्टि–२० अन्तराष्ट्रिय अर्धसतक वनाउने पहिलो खेलाडि वनेका छन् ।

आजको खेलमा नेपालको स्कोर ट्वान्टि–२० अन्तराष्ट्रियमा यो दोश्रो उच्च स्कोर हो । २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालले भुटान विरुद्ध २३६ रन वनाएको थियो ।

प्रतिक्रिया दिनुहोस