अभिनेत्री अमृता सिंहले गर्ने आमा वहिनीको गाली खान नसकेर अभिनेता सैफ अलि खानले गरेका थिए छुटिने फैसला !!!

गोर्खाली खवर,

एजेन्सी ८ वैशाख । वलिउड एक्टर सैफ अलि खानले २००५ मा दिएको एक इन्टरभ्यू अहिले खुवै भाईरल भईरहेको छ । जसमा उनले उनको पूर्व पत्नि अमृता सिंहले आमा वहिनीको गाली दिने भएकोले त्यो सहन नसकी आफुले छुटिने फैसला गरेको वताएको थियो । यसमा उनि आफ्नो पूर्व पत्नि अमृता सिंहसँग आफ्नो रिलेशनसिपलाई लिएर कुरा गरिरहेको देख्न सकिन्छ ।

इन्टरभ्यूमा सैफले आफ्नो दुखेसो पोख्दै किन तपाईलाई वारम्वार तपाईको औकात याद दिलाउँछन् ? छेड हान्ने, कडा व्यवहार गर्ने, आमा वहिनीको गालि दिने जस्ता सवै मैले सहेको छु । डिभोर्स पछि अहिले आएर मैले राम्रो र शान्त महशुस गरिरहेको छु ।

हाल मेरो वच्चाहरु अमृताको प्यारेन्ट्स र नोकरहरुको साथ वसिरहेका छन् । जवकी अमृता अहिले टिभि सिरियलमा काम गरिरहेकी छिन् । उनलाई यो सवै गर्न के जरुरत थियो जवकी म आफुले आफ्नो फेमिलीको सपोर्ट गर्ने हैसियत राख्छु ।

उक्त इन्टरभ्यू सैफले अमृतालाई तलाक दिएको एक वर्ष पछि दिएको थियो । सैफले इन्टरभ्यूमा अगाडी भन्छन्, म आफ्नो श्रीमतीवाट स्पेसको आशा गर्छु । तर किन मलाई वारम्वार यो याद दिलाउँछ की म कति टेरिवल श्रीमान् हुँ, कति नराम्रो पिता हुँ भनेर । मेरो वालेटमा छोरा इव्राहिमको फोटो छ । हरेक चोटी म उसलाई हेर्ने वेला रुन मन लाग्छ ।

मलाई सधै छोरी सारा को याद आउँछ । मलाई उनिहरुसँग मिल्ने इजाजत छैन । उनिहरुलाई पनि मेरो मा आउने अनुमति छैन । अमृताले मेरो वारे नराम्रो नराम्रो कुराहरु मनमा राखेकि थिईन् । उक्त इन्टरभ्यूमा सैफले आफ्नो दुखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस