भेट्टाए दुर्लभ सुन्तला रंगको मोती जसको मूल्य ४ करोड, गरिब माझी पक्राउ परे!!!

करिब ४ करोड रुपैयाँ मूल्य पर्ने दुर्लभ सुन्तला रंगको मेलो मोती भेट्टाएका एक गरिब माझी लागूऔषधसहितको पार्टी आयोजना गरेको अभियोगमा पक्राउ परेका छन् । थाइल्याण्डका यी माझीले आफूले बहुमूल्य मोती भेट्टाएपछि खुसी मनाउन आफ्ना साथीहरुको लागि लागूऔषध मेथाम्फेटामाइन सहितको पार्टी आयोजना गरेको बताइएको छ । डेलीमेलको रिपोर्टअनुसार ३७ वर्षका हाचाइ नियोम्डेचाले साथीहरुलाई आफ्नो नाखोन सी थामारातमा रहेको घरमा शुक्रबार पार्टीको लागि बोलाएका थिए । आफूलाई त्यो दुर्लभ मोतीको लागि १ करोड थाइ भाटको अफर आएपछि उनले साथीहरुको लागि पार्टी आयोजना गरेका थिए ।

पार्टीका क्रममा ठूलो आवाजमा संगीत बजेको र आफूहरुले बाहिर सम्म ड्रग्सको गन्ध थाहा पाएको भन्दै छिमेकीहरुले पुलिसलाई खबर गरेका थिए । उजुरीपछि ती माझीको घरमा पुगेको पुलिसले मेथाम्फेटामाइनका हजारौं खाने चक्कीहरु बरामद गरेको थियो । गत हप्ता हाचाइले दुर्लभ मेलो मोती फेला पारेको खबर बाहिरिएसँगै उनी विश्वभरका समाचारपत्रमा छाएका थिए । घरनजिकै समुद्र किनारमा माछा मार्ने क्रममा उनले यो मोती फेला पारेका थिए । यो मोती विश्वकै महंगा मोतीमध्येको मानिन्छ । पुलिसले उनको घरमा भेटिएका लागूऔषध जफत गरेको छ । उनको घर नजिकै भेटिएको एउटा बट्टामा करिब १६०० चक्की मेथाम्फेटामाइन भेटिएका थिए ।

हाचाइले मेथाम्फेटामाइनका चक्की भएको बट्टा आफ्नो नभएको दावी गरेका थिए तर फरेन्सिक जाँचमा बट्टामा उनको औंलाको छाप भेटिएको छ । पुलिस कर्नेल चोकदी श्रीमुआंकका अनुसार पुलिसले असामान्य परिमाणको लागूऔषधका सिवषयमा हाचाइमाथि अनुसन्धान गरिरहेको छ । हाचाइले भने लागूऔषध आफ्नो भएको अस्वीकार गरेका छन् । उनलाई हिरासतमा लिएर सोधपुछ भइरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस