‘ऊपरवाला जब भी देता है तो छप्पर फाड़कर देता है ‘भने जस्तै ,एक ब्यक्तिको छतबाट करोडौं बराबरको सामाग्री खसे

हिन्दीमा एउटा भनाई छ, ‘ऊपरवाला जब भी देता है तो छप्पर फाड़कर देता है ।’यो भनाइ इण्डोनेशियामा भने साबित भएको छ । एक ब्यक्तिको छतबाट करोडौं बराबरको सामाग्री खसेको छ ।

इण्डोनेशिया को उत्तरी सुमात्राको कोलांग निवासी ३३ बर्षिय जोसुआ हुतागलुंगको घरमा आकाशबाट खसेको एउटै चिजले उनलाई करोडपति बनाइदियो ।खासमा जोसुआको घरमा एउटा ठुलो उल्कापिण्ड खसेको थियो । जसबाट उनले झण्डै १६ करोड पाएका छन् ।

उक्त उल्कापिण्डको वजन करीब २.१ किलोग्राम रहेको छ । जो करीब साढे ४ अर्ब पुरानो दुर्लभ उल्कापिण्ड हो । यो खस्दा उनको घरको छाना प्वाल परेको छ ।जोसुआ जमीनमा भासिएको उल्का पिण्डलाई खनेर निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस