“मन्दिरको निर्माण कार्य हुँदैछ, अस्पतालमा वेड मागेर लाजमर्दो नगरौं” – वलिउडकी अभिनेत्री स्वरा भास्करको कटाक्ष मोदीलाई !!!

गोर्खाली खवर,

एजेन्सी, ९ वैशाख । वलिउड एक्ट्रेस स्वरा भास्कर इन्डस्ट्रीकी ति एक्ट्रेसेस मध्ये एक हुन्, जो आफ्नो विन्दास स्वभावको कारण चिनिन्छन् । उनि हरेक सामाजिक मुद्दामा आफ्नो विचार खुलेर व्यक्त गर्छिन् ।

हालैमा स्वराले प्रधानमन्त्री नरेन्द्र मोदी माथि कोरोना सङ्कटलाई लिएर कटाक्ष गरेकी छिन् । खासमा वितेका दिनहरुमा अस्पतालमा वेडको समस्याहरु र अक्सिजनको कमीको खवरहरु आईरहेका छन् । यस्तोमा स्वराले आफ्नो इन्स्टाग्राममा पीएम मोदीको तस्विर शेयर गरी स्याटर्ड हानेका छन् ।

तस्विरमा मोदीले हात जोडेर वसेका छन् । स्वराले यस तस्विरका साथ क्याप्सनमा लेखेकि छिन्, “मन्दिरको निर्माण कार्य हुँदैछ, अस्पतालमा वेड मागेर लाजमर्दो नपार, धन्यवाद” स्वरा भास्करले धेरै चोटी मोदी सरकारको विरुद्द यस्ता वयानवाजी या पोष्ट गरेकी छिन् ।

यसरी सरकारको विरुद्द वयानवाजी गर्दा कति फ्यानहरुले ज्यादै मनपराएका छन् भने कतिले उनलाई ट्रोल गर्न शुरु पनि गरेका छन् ।
हालसालै स्वरा भास्कर र उनको परिवार पछि कोरोनाको शिकार भएको उनले ट्विटवाट जानकारी गराएकी छिन् ।

स्वयम् स्वरा, उनकी आमा र उनको दुई कुक कोरोना भाईरसवाट संक्रमित भएका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने स्वरा फिल्म चार यार मा देखिने छिन् । यस फिल्ममा स्वराको साथ शिखा तल्सानिया, मेहर विज र पुजा चोपडा पनि देखिने छन् ।

 

प्रतिक्रिया दिनुहोस