के ऐश्वर्याले दोस्रो सन्तान अर्को जूनियर बच्चन जन्माउदै छिन ?

बलिउड अभिनेता अभिषेक बच्चनर उनकी पत्नि ऐश्वर्या रायको एक खबर बाहिर आएको छ । अभिषेकले हालै आफ्ना फ्यानका लागि खुशीको खबर दिएका छन् । उनलेट्वीट मार्फत एक सरप्राइज घोषणा गरेका छन् । धेरै फ्यानको अनुमान छ । कि उनि पतिा बन्न लागेका हुन् ।

उनकी एक छोरी आरध्या समेत रहेकी छिन् ।ऐश्वर्या राय दोस्रोपटक आमा बन्ने विषयमा धेरैको प्रश्न रहेको छ । उनले सरप्राइज भने पनि सार्वजनिक गरेका छैनन् । फ्यानले सोधेका छन् ‘दोस्रो सन्तानरु’ अर्काले भनेका छन् ‘एक अर्को जूनियर बच्चन ?

यो पनि, सलमानसँग ‘ब्रेकअप’ पछि ऐश्वर्याले गुमाएकी थिइन् फिल्म

बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्ध निकै चर्चामा रह्यो । लामो समयसम्म सम्बन्धमा रहेर विवाह गर्ने योजनामा रहेका सलमान र ऐश्वर्याको प्रेमकहानी अधुरै रह्यो ।

सलमानको रिसाहा, आक्रामक र ईश्र्यालु बानीले ऐश्वर्यासँग ब्रेकअप भएको भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् ।मिडिया रिपोर्टका अनुसार उनीहरुको सम्बन्धको अन्त्यतिर सलमान र ऐश्वर्याको बीचमा सार्वजनिक रुपमा नै झगडा परेको थियो । ‘चलते-चलते’ फिल्मको सेटमा सलमानले झगडा गरेका थिए । फिल्मको मुख्य भूमिकामा शाहरुख खानसँग पनि सलमान भिड्न पुगेका थिए ।

जसको कारण फिल्मबाट ऐश्वर्यालाई निकालियो र रानी मुखर्जीलाई भित्र्याइयो । यति मात्र होइन सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले थुप्रै ठूला फिल्महरुबाट हात धुन परेको थियो । कतिपय निर्देशक र निर्माताले आफ्नो फिल्ममा ऐश्वर्यालाई प्रतिबन्ध लगाएका थिए । सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले बलिउडमा टिकिरहनका लागि आफूभन्दा जुनियर अभिनेता विवेक ओबेरोय, अर्जुन रामपाल र प्रियांशु चटर्जीहरुसँग फिल्म खेलिन् ।

प्रतिक्रिया दिनुहोस