सबैभन्दा बढि ब्याक्टेरिया हुने घरका यी ५ ठाउँहरू

तपाई सरसफाई मा निकै सावधानी पुर्याउनु हुन्छ । घरको सबै ठाँउमा सफा राख्नुहुन्छ तर पनि केहि यस्ता ठाँउ छन्। जहाँ तपाइँको अझै सम्म ध्यान पुगेको छैन । तपाइँलाई विश्वास लाग्न नसक्ला यस्ता ठाउँमा यति धेरै ब्याक्टेरिया हुन्छन् जति ट्वाईलेट सीटमा पनि हुँदैन । ती कुन-कुन ठाउँ हुन, जुनमा सबैभन्दा बढी फोहोर हुन्छ ।
(१) लाईट स्विच
के तपाइँलाई याद छ अन्तिम पटक कहिले ‘लाईट स्विच’ सफा गर्नु भएको थियो । यस किसिमका ठाँउलाई प्रायः हामी वेवास्ता गर्ने गर्छौ । यही ठाँउमा सबैभन्दा बढी जर्म्स हुन्छन् जसले रूघाखोकी फैलाउँछ । त्यस कारण यी स्विचलाई सफा गरी रोगहरू बाट बँच्नुहोस् ।

(२)भान्साको कपडा
भान्साघरमा प्रयोग हुने कपडा र स्पोन्ज जसले हामी किचन काउन्टर र भाँडाहरू सफा गर्ने गर्दछौँ । यसमा एकदमै धेरै जर्म्स र ब्याक्टेरिया रहेको हुन्छ । यसलाई सफा गर्न अति आवश्यक हुन्छ । यसलाई सफा गर्नका लागि कीटाणुनाशक सलूशनमा रातभरि भिजाएर राख्दा मात्र यो पूरा सफा हुन्छ ।

(३) बाथरूमको धारा
दिनभरि धारामा पानी भएका कारण यो सफा सोच्नु गलत हो । समय-समयमा बाथरूमको धारा र अरू फिटिङ्ग्सलाई सफा गर्नु पर्दछ । जसद्वारा ब्याक्टेरिया फैलन पाउँदैनन् ।

(४) किचन सिङ्क
धेरै अध्ययन अनुसार, किचन सिङ्कमा ट्वाईलेट सीट भन्दा पनि धेरै इ-कोलाई हुन्छ । भाँडाकुडाँमा बचेको खाना र वातावरण चिसोको कारण ब्याक्टेरिया चाँडो बन्दछन् । राम्रो क्वालिटीको कीटाणुनाशक प्रयोग गरी सधै किचन सिङ्क सफा गर्नु पर्दछ ।

(५) गलैँचा ,तकिया (सिरानी)
घरमा प्रयोग हुने गलैँचामा धुलोको कणहरू चप्किने हुन्छ, जसलाई सफा गर्न कठिन हुन्छ । यसको लागि भ्याक्युम क्लिनरको सहायताले सफा गर्नु पर्दछ । त्यस्तै तकिया (सिरानी) पनि एक हो जुन धेरै समय प्रयोग हुँदा फोहोरका कणहरु जमेर बसेको हुन्छन् ।

प्रतिक्रिया दिनुहोस