नयाँ को-रोनाका बिरामी ह्वात्तै बढेपछि औषधि र अक्सिजन पाउँन छोड्यो, बिरामिहरु सिकिस्त हुँदै !

नयाँ को-रोनाका बिरामी ह्वात्तै बढेपछि औषधि र अक्सिजन पाउँन छोड्यो, बिरामिहरु सिकिस्त हुँदै ! को- रोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् ।

अस्पताल भर्ना भएका र गम्भीर बिरामी को- रोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ । अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दिएको छ । भारत सरकारबाट नेपालले खरिद गरेको १० लाख डोज खोप नेपालले पाउन सकेको छैन । यसअघि, भारतबाट खरिद गरिएको १० लाख डोज, उपहारस्वरूप प्राप्त १० लाख डोज उमेर समूहका आधारमा लगाइएको छ । को-भ्याक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ ।

चीन सरकारको कम्पनी सिनोफार्मद्वारा उत्पादित कोरोना भाइरसविरुद्धको खोप ८ लाख डोज उपलब्ध गराइएको थियो । पर्याप्त खोप नआउँदा अधिकांश लगाउनबाट वञ्चित छन् । रेम्डेसिभिरसमेत सहज रूपमा उपलब्ध हुन सकेको छैन । अस्पताल भर्ना भएका र गम्भीर बिरामी को- रोना संक्रमित उपचारमा रेम्डेसिभिर प्रयोग प्रभावकारी मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बजारमा १३ हजार भाइल स्टक रहेको बताउ“छन् । ‘३६ हजार भाइल रेम्डेसिभिर स्टकमा राख्नुपर्नेहुन्छ,’ उनी भन्छन्, ‘रेम्डेसिभिर सहज आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको छ ।’ स्वास्थ्य मन्त्रालयले भारतले रेम्डेसिभिर आयातमा रोक लगाएको अवस्थामा बंगलादेशबाट खरिदका लागि प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले रेम्डिसिभिर आपूर्तिका लागि औषधि व्यवस्था विभागलाई निर्देशन दिइएको जानकारी दिए । त्यस्तै, अक्सिजन प्लान्टसमेत अभाव देखिएको गुनासो आउन थालेको छ । मन्त्रालयले आठ ठूला अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था गरिने जनाएको छ । चिकित्सकका अनुसार सा-स फे-र्न समस्या भएका बिरामी संख्या बढ्दै गए अक्सिजन आवश्यक पर्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण रोकथामका लागि खोप, अक्सिजन प्लान्ट र रेम्डिसिभिर अत्यावश्यक मानिने बताए । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलका अनुसार संक्रमण बढेपछि काठमाडौं उपत्यकामा २ हजार बेड सञ्चालनमा ल्याइएको छ । ‘सातै प्रदेशमा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको छ,’ उनले भने, ‘आइसोलेसन बेड अस्पतालसँग जोडिनेछन् ।’ याे खबर राजधानी दैनिकमा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस