एक हजार वर्ष ऐतिहासिक पुरानो कचौराको मूल्य तीन करोड ८० लाख अमेरिकी डलर !

एजेन्सी । एउटा कचौराको सर्बाधिक बढी मूल्य कति होला ? ५ हजार १० हजार वा ५० हजार डलर ? पत्याउनै नसकिने मूल्यमा हङकङमा एउटा कचौरा तीन करोड ८० लाख अमेरिकी डलरमा लिलाम भएको छ । त्यो पनि चुन ढुंगाबाट बनेको ।

चिनियाँ सांग राजवंशले प्रयोग गर्ने उक्त कचौरा लिलामीका क्रममा फोनमार्फत एक ब्यक्तिले तीन करोड ८० लाख अमेरिकी डलरमा किनेको चिनिया समाचार संस्था सिन्सन्ह्वाले उल्लेख गरेको छ ।

एक हजार वर्ष पुरानो यो कचौराको विशेष महत्व भएका कारण आँफुले यति ठूलो मूल्उ हाल्न तयार भएको उनले बताएका छन् । १३ सेन्टिमिटरको नीलो–हरियो रंगको कचौरा लिलामीका लागि १ करोड २० लाख डलरबाट शुरुवाती रकम तोकिएको थियो । २० पटकको बोल कबोलमा यो मूल्यमा बिक्री भएको हो ।

प्रतिक्रिया दिनुहोस