सुनामीमा हराएकी आफ्नी श्रीमतीलाई विगत १० वर्षदेखि समुद्रभित्र खोजिरहेका छन यी श्रीमान…

१० वर्षअघि सुनामीमा हराएकी श्रीमतीको खोजीमा एक व्यक्तिले १० वर्षदेखि अहिलेसम्म पनि समुद्रको गहिराइमा डुबुल्की मारिरहेका छन् । जापानका यासुओ ताकामात्सुकी पत्नी युको १० वर्षअघि २०११ मा आएको सुनामीमा परेर बे,पत्ता भएकी थिइन् ।

यासुतोले आफ्नी श्रीमतीलाई खोज्नको लागि अण्डरवाटर डाइभिङको लाइसेन्स पनि लिइसकेका छन् । उनले विगत ७ वर्षदेखि एक्लै अण्डरवाटर डाइभिङ गरिरहेका छन् । उनलाई आफ्नी पत्नीसँग सम्बन्धित कुनै पनि चीज भेटिने आशा छ ।

जापानमा सुनामीमा करिब २५ सय मानिस बे,पत्ता भएका थिए । त्यसैले जापान सरकारले विगत केही वर्षदेखि अण्डरवाटर सर्च अभियान चलाइरहेको छ । यासुओले निजी रुपमा अण्डरवाटर डाइभिङ त गर्छन् नै साथमा उनी स्थानीय प्रशासनसँग हरेक महिना सम्पर्क गरेपछि उनीहरुसँग पनि संर्च अभियानको लागि सहभागी हुन्छन् ।

अहिलेसम्म यासुओले पानीभित्र कपडा, एल्बम लगायतका कैयौं चीजहरु भेटिसकेका छन् तर यी सबै अन्य व्यक्तिहरुका हुन् । अहिलेसम्म उनले आफ्नी पत्नीसँग सम्बन्धित कुनै चीज भेट्न सकेका छैनन् ।

जापानमा २०११ मा ७०० किलोमिटर प्रतिघण्टाको गतिमा १३३ फिट अग्लो सुनामीका लाहर जापानको उत्तर पूर्वी क्षेत्रमा आएका थिए । यो सुनामीले फुकुसिमा आणविक प्लान्टलाई पनि क्षतिग्रस्त बनाएको थियो । यसलाई युक्रेनको चेनरोबिलपछि सबैभन्दा ठूलो न्यूक्लियर विनाश मानिन्छ । यो सुनामीमा १५ हजार जना मा,रिएका थिए । करिब २ लाख ३० हजार नागरिकले घर छाड्नुपरेको थियो।

द सनका अनुसार यो सुनामी आउँदा यासुओ पत्नीका विषयमा चिन्तित थिएनन् किनकि उनकी पत्नीले काम गर्ने ठाउँ पहाडको पछाडि थियो । तर, सुनामीको तीब्रता बढेपछि उनले काम गर्ने बैंकका पनि कैयौं कर्मचारी डुबेका थिए जसमध्ये यासुओकी पत्नी पनि थिइन् ।

यासुओकी पत्नीको शरीर अझै बेपत्ता छ । यासुओले आफ्नो जीवन पत्नीको खोजीमा लगाइसकेका छन् । यासुओका अनुसार उनकी पत्नीले अन्तिम म्यासेजमा आफू बैंकको कामले थाकेको र घर आउन चाहेको बताएकी थिइन् । यही कारण यासुओलाई अझै पनि उनकी पत्नी घर फर्किन चाहन्छिन् भन्ने लाग्छ र उनले पत्नीको खोजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस