पढ्न भनेर स्कूल गए, कक्षा कोठाभित्रै सबैका अगाडि यस्तो गरेपछि बिद्यालयले लियो एक्सन

पढ्न भनेर स्कूल गए, कक्षा कोठाभित्रै सबैका अगाडि यस्तो गरेपछि बिद्यालयले लियो एक्सन (भिडियो हेर्नुहोस्) भारतको आन्ध्रप्रदेशस्थित एक विद्यालयमा दुईजना किशोरावस्थाका विद्यार्थीहरुले एक आपसमा बिहे गरेको भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चाएको छ ।

आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्लास्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की कि’शोरी विद्यार्थीले आपसमा बिहे गरेका हुन् । उक्त घ’ टनामा प्रहरीले बाल विवाह ऐन बमोजिम जाहेरी दर्ता गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । कक्षाकोठाभित्रै बिहे समारोह भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै स्थानीय प्र’ हरीको ध्यानाकर्षण भएको थियो ।

अधिकारीहरुका अनुसार नाबालिक उमेरका विद्यार्थीबीच कक्षाकोठामा भएको बिहे अ ‘वै ध भएको हुँदा र’द्द गरिएको छ र केटाकेटी दुबैजनालाई मनोपरामर्श दिइएको छ । किशोरीलाई आन्ध्रप्रदेश महिला आयोगले संरक्षण गृहमा राख्ने भएको छ । कक्षाकोठाभित्र दुई विद्यार्थीको बिहे कसले गराएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत ती किशोर–किशोरीहरु एकै कक्षाका सहपाठी हुन् ।

भिडियोमा देखाइए अनुसार १७ वर्ष उमेरका किशोरले आफूले ल्याएको मंगलसुत्र कक्षाकोठामै ती किशोरीलाई पहिराइदिए । पछि उनले किशोरीलाई सिन्दुर लगाइदिए र बिहे सम्पन्न भयो । त्यससँगै उक्त जोडीले केही युगल तस्वीर पनि खिच्यो ।

कक्षाकोठाभित्रको उक्त बिहेको भिडियो उनीहरुकै सहपाठी एक अर्की किशोरीले खिचेकी हुन् । घटना सार्वजनिक भएसँगै विद्यालय व्यवस्थापनले बिहे गर्ने ती किशोर–किशोरीलाई निष्कासन गरेको छ । उक्त घटनापछि किशोरीलाई उनीहरुका बुवा–आमाले घरमा छिर्न दिएनन् । जसका कारण उनलाई एक स्थानीय मनोपरामर्शदातृ संस्थामा लगियो । केटाका अभिभावकसँग पनि कुरा गरेर उसलाई मनोपरामर्श दिइयो ।

प्रहरीले उक्त घटनाका सम्बन्धमा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले बिहे गरेको भनिएका किशोर–किशोरी तथा उनीहरुका अभिभावकका साथै विद्यालय प्रशासनको समेत बयान लिने छ । अनुसन्धानका क्रममा दोषी पाइएकाहरुलाई कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस