च्याम्पियन्स लिग : रियल र चेल्सी प्रतिस्पर्धामा

इएफए च्याम्पियन्स लिगमा आज स्पेनको रियल म्याड्रिड र इंग्ल्यान्डको चेल्सीले खेल्दैछन् । च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत पहिलो लेगको रियल र चेल्सीबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजेछ ।

रियलको मैदानमा हुने सो खेलमा दुवै टोली फाइनल सम्भावनालाई जिवित राख्ने दाउमा हुनेछन् । चेल्सी र रियलबीचको यो भेट युरोपियन लिगमा चौथो भेट हुनेछ । यसअघि सन् १९७१ मा दुई पटक र १९९८ मा एक पटक यी दुईले भेट गरेका थिए ।

चेल्सीले आठौँ पटक च्याम्पियन्स लिगको सेमिफाइनल खेल खेल्दैछ । यो अरू इङ्ग्लिस टोलीभन्दा धेरै हो । यता, रियलले भने १४औँ सेमिफाइनल खेल खेल्दैछ । यो अरूभन्दा दोब्बरले बढी हो ।

यसअघि रियलले इंग्ल्यान्डको लिभरपुललाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो भने पोर्चुगलको पोर्टोमाथि जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस