नेपालमा दुई पटक भूकम्पको धक्का, एक केन्द्रबिन्दु काठमाडौंको कलंकी

काठमाडौं । नेपालमा बुधबार बिहान २ पटक भूकम्पकाे धक्का महशुस गरिएको छ । बुधबार बिहान ७ बजेर ५१ मिनेट जाँदा भारतको आसाम केन्द्रबिन्दु भएर भूकम्प जाँदा नेपालमा पनि त्यसको धक्का महशुस भएको थियाे । उक्त भूकम्प ६.४ म्याग्नेच्युड मापन गरिएको छ । भूकम्पको धक्का पूर्वी जिल्लाहरु इलाम, झापा लगायतका जिल्लाहरुमा महशुस गरिएको थियो ।

त्यस्तैगरी काठमाडौं उपत्यकामा गएराति ३.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राति १ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

रातिको समयमा भूकम्प गएकाले धेरैले महशुस गर्न सकेका थिएनन् । कलंकी आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प गएको मापन केन्द्रले जनाएको छ । २०७२ बैशाख १२ को महाभूकम्प पछि नेपालमा हजारौँ पराकम्प आइसकेकाे छ ।

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रूपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस