मतदानमा जान तयारी गरिरहेको थिएँ, एक्कासी बिरामी भएर बेहोस भएँ : सांसद शाही

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खीमबिक्रम शाहीले मतदानमा जान तयारी गरिरहेको बेलामा एक्कारी बिरामी भई बेहोस भएको बताउनु भएको छ ।

बिहीबार एक बिज्ञप्ति जारी गर्दै सांसद शाहीले बैशाख १५ गतेको सदनको कार्यसूची बमोजिम मुख्यमन्त्रीबिरुद्धको अविश्वास प्रस्तावमा छलफल अनुसार मतदान तयारी गरिरहेको अवस्थामा बिरामी परेपछि भाईलाई भनेर अस्पताल गएको र बाटोमै बिहोस भएको उहाँले बताउनु् भएको छ ।

सांसद शाहीले अहिले आफ्नो स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको बताउनु भएको छ । पूर्ण स्वस्थ्य भएपछि आफ्नो बिषयमा उठेका सम्पूर्ण प्रश्नहरुको उत्तर दिने उहाँले बिज्ञप्तिमा बताउनु भएको छ ।

अहिले समाचार तथा सामाजिक संजालहरुमा आएका समाचारहरुबाट भ्रममा नपर्न पनि उहाँले सम्पूर्णमा आग्रह गर्नु भएको छ । उहाँले अफ्नो पार्टी र.संसदीय दलको निर्णयमा आफ्नो प्रतिबद्धता यथावत रहेको उहाँले बताउनु भएको छ ।

सांसद शाही मंगलबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्ने समयमा एकाएक गायव भएपछि गण्डकी प्रदेशमा खैलाबैला भएको थियो ।

केही समयको खोजतलास पछि उहाँ पोखराकै एक अस्पतालमा आईसीयुमा उपचाररत अवस्थामा भेटिनु भएको थियो । चिकित्सकहरुले उहाँको कोरोना पोजेटिभ रिपोर्ट आएको बताएका छन् ।

उहाँको पार्टी राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङबिरुद्धको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस