दीपक मनाङे बने प्रदेशको युवा तथा खेलकुद मन्त्री

पक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए। मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए।

निर्वाचित भए पनि अरु प्रदेश सभा सांसदले सँगै उनले सपथ लिन पाएका थिएनन्। बरु प्रहरीले उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख वैशाख ६ गते पक्रेको थियो। १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका थिए।

सपथका लागि सोही वर्षको पुस ११ गते निवेदन दिए पनि लामो समयपछि अर्थात निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको सपथ भएको हो। २०७५ माघ १४ गतेमात्रै उनलाई प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई प्रदेश सभा सदस्यको सपथ दिलाएका थिए।

प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्यसमेत बनेका राजीवले २०७७ असोज ८ गते उक्त समितिबाट राजीनामा गरेका थिए।

प्रतिक्रिया दिनुहोस