मेरो हजुरवुवालाई बचाउन अक्सिजन चाहियो भन्दै सोनु सुदसंग सहयोग माग्ने ब्यक्तिलाई जे ल सजाय !

एजेन्सी । आफ्ना हजुरवुलाई बचाउन अक्सिजनको माग सहित कलाकार सोनु सुदसंग सहयोग माग्ने एक ब्यक्तिलाई कारवाही हुने भएको छ । ससांक यादव नामका एक व्यक्तिले आफ्ना मृ’त्युको मुखमा पुगेका हजुरबाको लागि अक्सिजन अभाव भएको बताउँदै सामाजिक संजालमा सोनु सुदसँग गुहार मागेका थिए। यस्तो काम गरे वापत उनलाई प्रहरीले पक्राउ गर्न लागेको छ ।

अक्सिजन अभाव भएको भन्दै समाजमा त्रा स फैलाएको अभियोगमा उनलाई कारवाही हुने भएको हो । जब ससांकले अक्सिजन चाँडो चाहेको भन्दै सोनु सुदसँग सहयोगको अपिल गरे उनलाई प्रहरीले सामाजमा त्रा स फैल्याएको अभियोग लगाएका छन्। अक्सिजन अभावको अफवाह फैल्याएको र मानिसहरुमा डर र त्रा स फैल्याएको भन्दै उनीविरद्ध मु द्दा चलाइने भएको छ।

उनलाई जेल सजाय पनि हुनसक्ने बीबीसीले जनाएको छ। हाल भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ। कोरोना भाइरसको नयाँ प्रकारले नराम्ररी प्रभावित भएको भारतमा दैनिक साढे ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन् भने सोही अवधिमा ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।

कोरोना संक्रमितले अक्सिजन नपाएरै भारतमा ज्यान गुमाइरहेका छन्। यो सत्य हो। भारतीय संचारमाध्यममा सार्वजनिक रिपोर्टहरुमा मानिसहरु अस्पताल बाहिर समस्यामा परेको देख्न सकिन्छ । कलाकार सोनु सुद हाल भारतभर समाजसेवीको रुपमा परिचित छन्। उनले कोरोना प्रकोपका बेला अनगिन्ती मानिसहरुलाई सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस