……..त्यो दिनको लागि तिमीलाई धन्यवाद…

पोखराबाट बुटवल सम्मको रात्रीबसमा उ मेरो साथमा थिई। रातको चिसोमा बसले इन्जिन तताउँदै गुडिरहेको थियो।एक घण्टाको रफ्तारमा उ र म मौन थियौ।त्यसपछि सामान्य कुराकानी पछि दुवै आ आफ्नै सुरमा थियौ। पोखरा फुपूको घरमा आएकी रे घुम्न। नाम रश्मि रहेछ।

राती करिब एघार बजे बस खाना खाने ठाउँमा रोकियो। सबै जना ओर्लिए तर उ ओर्लिन। “तिमी खाना नखाने?”-मैले सोधे । नाइँ म यात्रामा खादिन भनी उसले। म हात धोएर रिसेप्सनमा खानाको कुपन लिन गए । पछाडि खल्तीबाट पैसा निकालेर पैसा दिन लाग्दा पर्सको बिटमा रगत जस्तै रातो लतपतिएको देखे।

म झस्किए अनि पछाडिको खल्तीमा हात लगेर छामे। बाक्लो जिन्समा रगतका दागहरू लागेको पाए। हतार हतार दौडिँदै म बसमा गए र मेरो सीटमा के भएको छ भनेर हेर्न। सीमा पुग्दा उ रुदै सिट पुछिरहेकी थिई। डराएकी अनि आत्तिएकी थिई। “के भयो तिमीलाई ? किन रोएकी ? तिमीलाई चोट लागेको छ ? यो रगत कसरी….?

मेरो पाइन्टको पछाडि समेत लागेछ….।” मैलै यती सोधेपछि “म पिरियडमा छु दुई घण्टा अघिदेखि। एक हप्तापछि हो मिति त,तर बसको यात्राले गर्दा ……म सँग कुनै तयारी थिएन ।” रुद्धै थिई बिचरी,मैले झोलाबाट टाबेल झिकेर बेर्न लगाए अनि त्यही खाना खाने होटेलको बाथरुममा फ्रेस हुदै गर म तिम्रो लागी प्याड किनेर आउँछु भनी निस्किए ।

रातको साढे एघार बजी सकेको थियो। सबै यात्रु खाना खाइसकेका थिए। उ र म भोकै थियौँ । नजिकैको मेडिकलमा गएर मैले एक प्याक स्यानिटरी प्याड किनिदिए र उसलाई दिए। कपडा राखेको झोला सबै बसको छतमा रहेछ,सहचालक भाइलाई फकाएर उसको कपडा निकालेर दिए । उ अब आँसु पुछेर मुस्कुराई ।

समोसा,चाउचाउ र चटपटे किनेर हामी बसमा चढ्यौँ । उ लजाएकी थिई तर म उसलाई अप्ठ्यारो महसुस गराउन चाहन्न थिए । दुई बटा समोसा र चटपटे खाई उसले,भोकाएकी रहिछे। त्यसपछि रातभर उ मेरो काँधमा निदाई । बिहान बस बुटवलमा रोकियो । उ आफ्नो गन्तव्य म आफ्नो गन्तव्य । छुट्नु अघि भावुक र प्रेमिल नजरले हेरेर मुस्कुराउँदै धन्यवाद भनी ।

“मिल्छ भने हजुरको मोबाइल नम्बर दिनु न।”यस्तै भन्दै अड्किरहेकी थिई उ।मैलै मेरो मोबाइल नम्बर दिएर आफ्नो बाटो लागे। पाँच दिनको बसाईपछि म घर फर्किए। त्यसपछिका दिनहरूमा हरेक महिनाको एक दिन उसले फोन गरेर भन्छे-“तपाईँको टावेल म सँगै परेछ,फिर्ता गर्नु पर्ने……..

त्यस दिनको लागी धन्यवाद हजुरलाई ।

फेसबुकमा रहेको यो पोष्ट सकरात्मक लागेर हजुरहरु माझ प्रस्तुत गरेका हौं ।

प्रतिक्रिया दिनुहोस