उपचार गर्दागर्दै डाक्टर पनि सङ्क्रमित, तर ‘कोभिड खोप लगाएका कारण चाँडो निको हुँदै’

पछिल्लो समयमा नेपाल-भारत सीमावर्ती क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरू पनि कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित भएको बताइएको छ।नेपालमा दैनिक परीक्षण गरिनेमध्ये औसतमा ३० प्रतिशतभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने गरेकोमा तीमध्ये स्वास्थ्यकर्मीहरू पनि छन्।

भेरी अञ्चल अस्पतालको कोभिड वार्डमा कार्यरत डा. आश्री सिंहलाई पनि कोभिड-१९ पुष्टि भएको छ।तर आफूले “खोप लगाएका कारण लक्षण अरू सङ्क्रमितको भन्दा सामान्य रहेको र निको हुने क्रम पनि तुलनात्मक रूपमा छिटो भएको” उनको अनुभव छ।हेर्नुहोस् कमल परियारले उनीसँग गरेको कुराकानीमा आधारित एक भिडिओ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद

वैशाख २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् ।

स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमले बताए । खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका गौतमले बताए ।

अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।

प्रतिक्रिया दिनुहोस