भारत गोरखपुरका युवा वैज्ञानिकले बनाए यस्तो मास्क जुन …

एजेन्सी: हाम्रो छिमेकी रास्ट्र भारतका युवा वैज्ञानिक राहुल सिंहले एक एस्तो मास्क आबिष्कार गरेका छन् जुन आविष्कारले देशभरि अक्सिजन सं,कटको बेलामा ठूलो राहत प्रदान गर्न सक्छ। राहुलले दावी गरेका छन कि अक्सिजनको आवश्यकता बुझेर उनले उक्त मास्क बनाएका हुन जुन हावाबाट अक्सिजन सिर्जना गर्दछ ।

राहुलले यसलाई प्राकृतिक ऑक्सीजन मास्कको नाम दिए। मास्कको मुल्य धेरै छैन। १८ बर्ष उमेरका बच्चाहरूको लागि मूल्य ५०० भारु हो र सो भन्दा माथि उमेरका लागि ८०० भारु मात्र तोकिने छ । यसले अक्सिजनको सही स्तर कायम गर्न मद्दत गर्दछ। मदन मोहन मालवीय टेक्निकल युनिभर्सिटी (एमएमएमयूटी) का इनोभेसन सेन्टरसँग सम्बद्ध राहुल सिंह भन्छन कि यो मास्क बनाउन उसले अक्सिजन उत्पादन गर्ने उपकरण बनाएको छ।

मोबाइल फोनको आकारको जो कोहीले पनि सजिलैसँग यो उपकरणलाई पकेटमा राख्न सक्दछ। जब यो अक्सिजन स्तर कम हुँदै गइरहेको जस्तो देखिन्छ, तब यन्त्रमा बटन खोलेर र यसको मास्कमा जोडिएको पाइप पिन राखेर स्तरलाई कम हुनबाट रोक्न सकिन्छ।

राहुलले भने कि उनले यो उपकरणमा चिप जडान गरेका छन, ताकि यदि यो कतै ख;राब छ वा भएमा, तत्काल थाहा हुन्छ र उसले यसलाई घरबाटै मिलाउन सकिनेछ । राहुलका अनुसार यो उपकरण कुनै पनि मास्कमा प्रयोग गर्न सकिन्छ। राहुलले भने कि अब सरकारबाट अनुमती पाए छिट्टै बजारमा यो मास्क उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहोस