एक लाख वर्षपछि मानिसको अनुहार यस्तो देखिने सम्भावना

हाम्रो बाँदर पुर्खा तुलनामा हाम्रो अनुहार सुन्दर छ । आठ लाख र दुई लाख वर्षको बीचमा पृथिवीको जलवायुमा आएको तीव्र परिवर्तनले मानव मस्तिष्क र खोपडीको आकार तीन गुणा बढाएको थियो । यसले गर्दा अनुहार थेप्चिन पुग्यो ।

तर भविष्यमा मानिसको अनुहार कस्तो देखिएला ? गूगल ग्लास जस्ता नयाँ प्रविधिका कारण हाम्रा शरीर र अनुहारमा कस्तो परिवर्तन आउलान् ?

कलाकार तथा अनुसन्धाता निकोले लामले एक कम्प्युटेसनल जेनेसिटिस्टसँग सहकार्य गरेर मानवजाति अबको बीस हजार वर्ष, अझ एक लाख वर्षमा कस्तो देखिनेछ भनी चित्र बनाएका छन् ।

अहिलेका सामान्य मान्छे यस्तो देखिन्छन् :

बीस हजार वर्षमा मानिसको टाउको झन् ठूलो हुनेछ र निधार पनि विशाल नै देखिनेछ । आँखावरिपरिको पहेंलो घेरालाई ‘कम्युनिकेसन्स लेन्स’ ले प्रतिनिधित्व गर्छ । यी लेन्सहरू भविष्यका गूगल ग्लास हुन् ।

६० हजार वर्षमा चाहिँ मानिसको टाउको झन् धेरै बढ्नेछ अनि आँखा पनि ठूलठूला हुनेछन् । छालामा रंग आउनेछ । आँखीभौंमुनिको क्षेत्र झन् गाढा कालो हुनेछ । कानमाथि ससाना हड्डी कन्डक्सन डिभाइस राखिनेछ जसले कम्युनिकेसन लेन्ससँग मिलेर काम गर्नेछ ।

एक लाख वर्षमा मानिसको अनुहारमा साह्रै ठूला आँखा हुनेछन् । आँखामा हरियो चमक आउनेछ

प्रतिक्रिया दिनुहोस