तपाईं होचो भएर चिन्तामा हुनुहुन्छ ? अपनाउनुहोस् मात्र यी ५ उपाय

काठमाडौँ । हाम्रो उचाई निश्चित समयसम्म बढ्ने गर्दछ। उमेरमै उचाई बढेन भने वृद्ध वा वयस्क अवस्थामा उचाई बढाउँछु भनेर बढान सकिदैन्। त्यसैले तपाईको उमेर अनुसार उचाई बढेको छैन भने स्वास्थ्य सम्बन्धी केही उपाय अप्नाउनु उत्तम हुने गर्दछ।

उमेर अनुसार पनि तपाईको उचाई आवश्यकता भन्दा कम छ वा बढेको छैन् भने चिन्ता नलिनुहोस् । आज हामी तपाईलाई उमेर अनुसार उचाई बढाउने केही उपयोगी टिप्सका बारेमा जानकारी दिदैछौँ। यी उपाय तपाईले समयमै उपयोग गर्नुभयो भने तपाईको उचाई वाश्यकता अनुसार बढ्ने गर्दछ।

उचाई बढाउन के-के कुरामा ध्यान दिने ?

१) सन्तुलित खानपान

हाम्रो शरीरको सम्पूर्ण विकासका लागि सन्तुलित खानपान निकै आवश्यक हुन्छ। हरियो सब्जी, फल र प्रोटीन, कार्बोहाइड्रेटले भरपुर खाना सन्तुलित मात्रामा लिनुपर्छ।

यसले उचाई बढाउनका लागि हाम्रो शरीरमा ग्रोथ हर्मोन्सको स्राव हुन्छ। सबै किसिमको भिटामिन, प्रोटीन र बोसोयुक्त डाइट लिनाले यस्तो ग्रोथ हर्मोन निर्माण हुन्छ। सब्जीमा सलगम, पालुङ्गो, गोभी, गाजर, ब्रोकाउली खानाले उचाई बढाउन फाइदा गर्छ।

२) मस्त निदाउने

धेरै कम मानिसलाई मात्र थाहा हुन सक्छ, सुतेको बेला पनि उचाईमा बृद्धि हुन्छ । एक अध्ययन अनुसार सुतेको बखत बच्चाको उचाई सबैभन्दा बढी बढ्छ । जब हामी सुत्छौ, मन एकदम शान्त हुन्छ।

रातभर भिजाएर बदाम खानुहोस्, केही दिनमै मिल्नेछ आश्चर्यजनक लाभ

हाम्रो मन शान्त भएपछि हामीले गहिरो निन्द्रा लिन्छौ । यतिबेला शरीरमा ह्युमन ग्रोथ हर्मोन अधिक मात्रामा स्राव हुन्छ । त्यसैले यो उमेरमा कम्तिमा ८ देखि ९ घण्टा मस्त निदाउनु पर्छ।

३) दुध र सोयाबीन

दुधमा केहि किसिममा लाभकारी पोषक तत्व भरपुर हुन्छ। खासगरी दुधमा क्याल्सियम पाइन्छ, यसले हड्डी बढाउने काम गर्छ।

यसका साथै दुधमा भिटामिन ए र प्रोटिन मिल्छ, जसले हाम्रो सम्पूर्ण विकास हुन्छ। नियमित दुई,तीन गिलास दुध पिउनुपर्छ। यसका साथै सोयाबीन, पनिर र दही पनि सेवन गर्दा उचाई बढ्ने गर्दछ।

४) घाम ताप्ने

घामको किरणबाट हामीलाई भिटामिन डी प्राप्त हुने गर्दछ। बिहानको समयमा, जतिबेला घाम रापिलो भएको हुँदैन त्यसबेला पैदल हिँड्ने गर्नुपर्छ।

यसले हड्डी बलियो हुन्छ र लम्बाई पनि बढ्छ। भिटामिन डीयुक्त दुध, माछा, अन्डा, पनिर पनि सेवन गर्नुपर्छ।

५) घरेलु उपाय

उचाई बढाउनका लागि अश्वगन्धाले प्रभावकारी काम गर्छ। नियमित रुपमा दुई चम्चा अश्वगन्धा चुर्ण एक गिलास दुधमा मिलाएर पिउनुपर्छ। यसो गर्दा पनि तपाईको उचाईमा वृद्धि हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस