विश्ववाट ठूलो खतरा टर्यो, मालदिभ्समा खस्यो रकेट

एजेन्सी । विश्वलाई नै निकै चिन्तित बनाएको चीनको अनियन्त्रित रकेट मालदिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ। रकेट विमान कहाँ खस्छ भन्ने थाहा नहुँदा विश्वलाई नै चिन्तित बनाएको थियो ।

चिनियाँ संचारमाध्यमका अनुसार अन्तरिक्षमा अनियन्त्रित भएर पृथ्वीमा खसेको रकेटको धेरै भाग वायुमण्डलमा प्रवेश गरेसँगै जलेको थियो। सो रकेट चिनियाँ समयअनुसार राति १० बजेर १२ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो।

चीनले गत २९ अप्रिलमा उक्त लङ मार्च ५बी रकेट हाइनान टापुबाट प्रक्षेपण गरेको थियो। सो रकेटले स्पेस स्टेसनको प्रमुख मोड्युल पृथ्वीको तल्लो कक्षमा लगेको थियो।ट

अनियन्त्रित भएर खसेको सो रकेटले मानववस्तीमा विध्वँश मच्चाउने त्रास विश्वभर छाएको थियो। तर हिन्द महासागरमा रकेटका टुक्राहरु खसेसँगै सो त्रास टरेको छ। अमेरिकाको यूएस स्पेस कमान्डले पनि वायुमण्डलमा चिनियाँ रकेट प्रवेश गरेको बताएको छ। तर त्यो कहाँ खस्यो भनेर केही बताएको छैन।

प्रतिक्रिया दिनुहोस