५ महिना अघिमात्र शाहुको ऋण तिर्न भारत पुगेका राजको भोक प्यासले त’ड्पिएरै मृ’ त्यु

गुल्मी । विश्वभर महामारीका रुपमा फैलिएको को’रोना भा’इरसले समाजका सबै तह–तप्का, वर्ग, समुदायलाई नराम्ररी प्र’भावित तुल्याएको छ । सामाजिक दूरी नै यो रोगबाट बच्ने सबै भन्दा उत्तम विधि भनेकै आधारमा को’रोना सं’क्रमित व्यक्तिलाई कतिपय ठाउँमा छोइछिटोको व्यवहार गरेको पाइन्छ ।

गुल्मीको इस्मा गाउँपालिका– १ का ३४ वर्षीय राज भनेर चिनिने युवराज नेपाली परदेशमा यस्तै छोइछिटोको सिकार हुँदा पानीका लागि त’ड्पिएर मृ,त्युवरण गर्न बाध्य भए ।

भारतको नयाँ दिल्ली स्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज दुई साता अघि सात दिनसम्म ज्वरोले सि’किस्त परेर कोठामा सुतेका थिए । गाउँघरमा लागेको ऋण तिर्न भन्दै पाँच महिना अघि भारत गएका उनी को’रोनाको दोस्रो लहरको सि’कार भएका हुन् ।

उनले अस्पतालमा गएर जँचाएको रिपोर्ट साथीभाइलाई देखाएनन् । उनले रिपोर्ट नदेखाएपछि कोठामा सँगै बस्ने साथीहरुले छाडेर अन्यत्र बसे । उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् ।

श्वास प्रश्वासमा समस्या भएर उनको मृ,त्यु भएको त्यहाँ रहेका नेपाली हरुले जनाएका छन् । उनकी २८ वर्षीय श्रीमती, १० र ६ वर्षकी दुई छोरी छन् । पत्नी सिर्जनाका अनुसार उनी गत वर्ष वैशाखमा पनि को’रोना लहरकै बीच भारतबाट घर आएका थिए ।

आमाको उपचारमा भएको खर्च, घन बनाउन लागेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ । हाल दिल्लीमा रहेकी इस्मकै भारती सुनारका अनुसार राजले अस्पतालबाट जँचाएर फर्किए पछि कसैलाई रिपोर्ट नदेखाएका कारण साथीहरुले को’रोना सं’क्रमण लागेको आशंकामा साथ छाडे ।

परिणाम स्वरुप भोकैप्यासै त’ड्पिएर उनको मृ,त्यु भएको भारतीको भनाइ छ । भारतीका अनुसार राजको दा’ह सं’स्कारमा आएका अर्घाखाँचीका बुद्ध भन्ने एकजना युवाको पनि तीन/चार दिनपछि मृ,त्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस