यसरी लगाउनुहोस् कपालमा मेहेन्दी, रंग बस्नुका साथै मुलायम हुनेछ तपाईको कपाल !

काठमाडौँ । हरेक मानिसमा आफु राम्रो र सुन्दर देखिने चाहाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् ।तर कतिपय अवस्थामा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी हुदैन । यस्तोमा ती सामग्रीको गलतप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ।आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे जानकारी दिदैछौ ।

यसरी गर्नुहोस् कपालमा कलर

मेहंदी (जुन तपाईं प्रयोग गर्नुहुन्छ)

चुकन्दर

अण्डा

भिटामिन ई क्याप्सूल

विधि:

पहिलो चीज तपाईले गर्नु पर्ने भनेको एक कचौरामा मेहेन्दीलाई खन्याउनुहोस् । म तपाईंलाई फलामको भाँडो प्रयोग गर्न सल्लाह दिन्छु। यसले र कपालमा रंग राम्रो सँग ब्स्द्यछ । मेहँदीमा अण्डा थप्नुहोस्। यसमा चुकन्दरको रस थप्नुहोस्। चुकन्दरको रस निकाल्नको लागी चुकन्दरलाई कार्नीले कोतर्नुहोस् र कोतरेको चुकन्दरलाई पानीमा उबाल्नुहोस् त्यसपछि यसलाई छान्नुहोस् र त्यो पानीलाई मेहेन्दीमा हाल्नुहोस् र यसको साथै त्यसमा भिटामिन ई कैप्सूलको पनि उपयोग गर्नुहोस् । अब सबै चीज राम्रोसँग मिलाउनुहोस्। मिक्सन गरिसकेपछि मेहेन्दीलाई आधा घण्टासम्म राख्नुहोस्।

.। कपालमा मेहेन्दी लगाउनु अघि टाउकोलाई मज्जाले सैम्पुले धुनु पर्दछ ।

२। टाउको पखाल्दा सकेसम्म साबुनको प्रयोग गर्नुहुदैन ।

३। सैम्पु गरिसकेपछि कपाललाई मज्जाले सुक्न दिनु पर्दछ ।

४. त्यसपछि मेहन्दिका प्याकेटको निर्देशन अनुसार सफा कचौरामा मेहन्दी तयार पार्नुपर्दछ ।

५. मेहन्दिको लेप बनाउन प्याकेटमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ ।

६. त्यसपछि मेहन्दीलाई ब्रसले मजासँग फिट्नु पर्दछ । मेहेन्दी जति फिट्यो त्यति राम्रो ।

७. मेहन्दीको लेप तयार भएपछि सुकेको कपालमा लगाउनु पर्दछ ।

८. मेहन्दी केश बाहेक छालामा लाग्ननदिन बेकामे तर सफा तौलियाले शरीर ढाक्नु पर्दछ ।

९. मेहन्दी लगाउँदा ब्रसलाई बिस्तारै चगाए सबै तिर सहजै लगाउन सकिन्छ ।

१०. कपालमा मेहन्दी लगाइसकेपछि १५ देखि ३०मिनेटसम्म रहन दिनुपर्छ ।

११. आवश्यक अवधीसम्म राखेपछि मेहन्दी पखाल्दा पहिलो पटक पानीले मात्र पखाल्नुपर्छ ।

१२. दोस्रो पटक मात्र सैम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ ।

मेहेन्दी लगाएको दास्रो दिनमा स्याम्पु लगाएर नुहाउनुहोस्
मेरो सल्लाह यो छ कि कपालमा तुरुन्तै स्याम्पु लगाउनुभन्दा दोस्रो दिन स्याम्पु लगाएर नुहाँउनु राम्रो मानिन्छ । जसले गर्दा कलरको रंग कपालमा लामो समयसम्म टिकीरहन्छ । कपाललाई सुखाउनका लागी कुनै पनि तेल लगाएर मसाज गर्नुहोस् । अझ भएसम्म नरिवलको या त सर्सीयुको तेलको उपयोग गर्नुहोस् । र रातभरी कपालमा तेल रहिरहन दिनुहोस् र दास्रो दिन स्यामपुले कपाललाई धुनुहोस् । यस्तो गर्नाले तपाईको कपाल एकदम मुलायम हुनेछ साथै तपाईको कपालमा राम्रो कलर पनि बस्नेछ ।

नोट:केही व्यक्तिले आफ्नो कपाललाई गाढा बनाउनको लागी मेहेन्दी लगाएर रातभरी त्यसै छोडिदिन्छन्। कपालमा हेन्ना केवल २- ३ घण्टा भन्दा बढी मेहेन्दी राख्नुहुँदैन । अन्यथा कपाल सुख्खा रड्यामेज हुने गर्दछ ।

साभार नमन भारत

प्रतिक्रिया दिनुहोस