मरिचको धुलो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर र ग्यास्ट्रिकबाट बच्न सकिन्छ, यस्ता छन् अन्य फाइदाहरु

काठमाडौँ- जाडोमा मौसममा कालो चिया प्राय मानिसहरुले पिउने गरिन्छ । अझ यसमा मरिचको धुलो हालेर खादा स्वास्थय लाई निकै फाईदा गर्दछ । यसको धुलोले खानेकुरा निकै स्वदिलो गराउछ । हामिले मरिचको धुलोलाई औषधिको रुपमा पनि लिन सकिन्छ ।

यसले पेट, छाला र हाडसँग जोडिएका समस्यामालाई मजबुत गराउछ । मरिचमा म्यागेजिन, भिटामिन के, फलाम, क्याल्सियम, फाइबर र क्रोमियम प्रचुर मात्रामा पाइन्छ । हामिले खाना गराउदा यसको धुलोलाई थोरै प्रयोग गर्दा खाना स्वादिस्ट हुन्छ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर र ग्यास्ट्रिक बाट बच्न सकिन्छ ।

यसलाई तेल सँग तताएर हातखुट्टा शरीरमा लगाएमा आराम मिल्छ यसको सेवन गर्दा रुघाखोकी निको हुन्छ । यसको नियमित सेवन गरे छालामासमस्या आउँदैन र शरीरमा स्फूर्ति बढाउनुका साथै विभिन्न रोग बाट बचाउने काम मरिचको धुलोले गर्दछ ।

किन खाने मरिच ? यस्ता छन् फाइदा

मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ ।

यस्ता छन् औषधिय मरिचका फाइदाहरु

– मरिचले पेट भित्रका किटाणुहरु नष्ट गर्छ

– अस्वस्थ्यकर जीवनशैली र चिल्लो र जंक फुडको प्रयोगका कारण धेरै मानिसहरु पायल्सको समस्याबाट ग्रसित छन् । पायल्सबाट छुट्कारा पाउनका लागि मरिच, जीरा र चिनी वा मिश्रीलाई पिसेर मिसाउने र बिहान बेलुकी २ देखि ३ चोटी खानाले पायल्सबाट राहत मिल्छ ।

– थाइइट रोगमा मरिचको प्रयोग एकदमै फलदायी हुन्छ । यसलाई तीलको तेलमा राम्ररी तताउने र चिसो भएपछि हात खुट्टामा लगाउनाले धेरै आराम मिल्छ ।

– ब्लड प्रेसर बढेका बेला आधा गिलास पानीमा एक सानो चम्चा मरिचको धुलो मिसाएर पिउनु लाभदायक हुन्छ ।

– मरिचले मेटाबोलिजमलाई राम्रो बनाउँछ । क्यालोरी र पेटको बोसो कम गर्नुका साथै पेटसँग सम्बन्धीत विभिन्न रोगहरुको सम्भावना पनि कम गर्छ ।

– ज्वरो आएका बेला मरिचलाई हल्का तातो दुधमा मिसाएर पिउँदा आराम मिल्छ । यसका साथै महमा मरिच मिसाएर दिनमा दुई तीन खानाले खोकी निको हुन्छ ।

– दाँतको लागि पनि मरिच धेरै नै फाइदाजनक रहेको छ । यसको दैनिक प्रयोगले दाँत बिग्रीने समस्याबाट छुट्कारा मिल्छ । यसले छालालाई पनि स्वास्थ्य बनाउँछ। यसको प्रयोगले छाला सम्बन्धी धेरै रोगहरुलाई टाढा राख्छ ।

प्रतिक्रिया दिनुहोस