चिनियाँ अन्तरिक्ष यान ‘जुरोङ्ग’ मंगल ग्रहमा सफलतापूर्वक अवतरण

काठमाडौँ- चिनियाँ अन्तरिक्ष यान जुरोङ्ग मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको छ ।जुरोङ्गको सफल अवतरणसँगै अन्तरिक्ष अभियानमा ठूलो सफलता हाँसिल गरेको चीनले जनाएको छ ।

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमापछि रोवर मंगल ग्रहमा अवतरण भएको चिनियाँ सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने चीन विश्वको दोस्रो देश बनेको छ ।

यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो ।मंगल ग्रहमा अवतरित क्यामेराजडित रोभरको तौल २४० किलोग्राम रहेको र यसले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अध्ययन गर्ने चीनले जानकारी दिएको छ ।

अस्ट्रेलियाका वैज्ञानिकहरूले बनाए विश्वकै पहिलो ‘बायोनिक आँखा’
काठमाडौं – अस्ट्रेलियाको मोनाश युनिभर्सिटीका शोधकर्ताले १० वर्षको अनुसन्धानपछि बायोनिक आँखा बनाउन सफल भएका छन् ।

यसको विकाससँगै अब जन्मजात दृष्टिविहीनलाई ठूलो लाभ मिल्ने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यसको ‘ट्रायल’ सफल भइसकेको छ ।

वैज्ञानिकहरुका अनुसार यसलाई मानिसको मष्तिष्कमा लगाउने तयारी भइरहेको छ । शोधकर्ताले यसलाई संसारकै पहिलो बायोनिक आँखा भएको दाबी गरेका छन् ।

युनिभर्सिटीका इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ विभागका प्रोफेसर लाओरीले भने, ‘हामीले एक यस्तो वायरलेस ट्रान्समिटर चिप तयार पारेका छौं, जुन मष्तिष्कको सतहमा फिट हुनेछ ।’

उनका अनुसार यसलाई ‘बायोनिक आई’ नाम दिइएको छ । यसमा क्यामराका साथै एक हेडगियर पनि फिट गरिएको छ । जसले आँखाले देखिने क्रियाका आधारमा सीधा दिमागमा सम्पर्क गराउनेछ ।

यो डिभाइसलाई बनाउनका लागि १० वर्षभन्दा बढी समय लागेको शोधकर्ताहरुले बताएका छन् । प्रोफेसर लाओरीका अनुसार बायोनिक आँखा जन्मजात नेत्रहीन व्यक्तिमा लगाउन सकिनेछ ।

शोधकर्ताले यो डिभाइसलाई बेच्नका लागि फण्डको माग गरेका छन् । उनीहरुलाई पछिल्लो वर्ष पनि ७ करोड ३५ लाखभन्दा बढी फण्ड दिइएको थियो ।

मोनास बायोमेडिसिन डिस्कभरी इन्टिच्युटका डाक्टरहरुका अनुसार बायोनिक आँखा यसअघि भेडामा परीक्षण गरिएको थियो । सातवटा भेडामा गरिएको परीक्षणका क्रममा ९ महिनासम्म बिना कुनै नोक्सान एक्टिभ रहेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस