अस्पताल भर्ना गराएर आफन्तहरु फर्केर आएनन्, उनले चारा खुवाएर हुर्काएको परेवा यसरी खोज्दै आयो

काठमाडो । यि विरामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । एक जना नर्सले यो तस्बीर सार्वजनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् । उनलाई अस्पतालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् । अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआएपनि एउटा परेवाले उनको रेखदेख गरिरहेको छ ।

ति विरामीको वरीपरी बस्छ, कतिवेला पनि उनलाई छोड्दैन । नर्सले पछि थाहा पाइन् त्यो परेवाले विरामीलाई नछोड्नुको कारण । उनले त्यो कुरा पनि सार्वजनिक गरेकी छन् । ति बिरामी अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । एउटा चरामा पनि यस्तो मानवता देखेर ति नर्स छक्क परेपछि यो पोष्ट सार्वजनिक गरेकी थिइन् ।

यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता शेषकान्त गौतमले पनि यो कुरा सार्वजनिक गर्दै लेखेका छन्, जुन नर्सले यो तस्विर खिचिन् उनको भनाइअनुसार यी बृद्ध व्यक्त्ति उपचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो । आजसम्म पनि उनका परिवारका मान्छे, नालनाता तथा साथीभाइ कोही पनि उनको बारेमा सोधखोज गर्न आएका छैनन् ।

तर २ दिनजति भयो, एउटा परेवा एकछिन एकछिनमा आउँदै, उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ । पछि यो पत्ता लाग्यो कि त्यो अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । (बेजुबान फरिश्ता)

प्रतिक्रिया दिनुहोस