खुसीको खबर ! नेपालमा एकै दिन यति धेरै घट्यो को’रोना संक्रमित

काठमाडौं – आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ।

आज देशभर छ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १४५ जना संक्रमितको निधन भएको छ।

स्वस्थ रहन असल खानपानका २० उपाय

नेपाली नयाँ वर्ष २०७८ आजदेखि शुरु भएको छ। २०७७ साललाई विदाई गर्दै नेपालीहरू एकआपसमा शुभकामना आदान–प्रदान गरेर नयाँ वर्ष २०७८ लाई स्वागत गर्दैछन्।

कतिपय मानिसहरू नयाँ वर्षमा नयाँ योजना तथा कार्यको थालनी गर्छन्। नयाँ वर्षको दिनमा शुभारम्भ गरिएको कार्यले वर्षभरी नै खुशी मिल्ने विश्वास पनि राखिन्छ।

हामी कोरोना संक्रमणको त्रासबाट मुक्त हुन सकेका छैनौं। नयाँ कार्यको शुभारम्भका लागि मात्र होइन आफूलाई स्वस्थ राख्न लागि पनि विशेष योजना र स्वस्थकर जीवनशैली अपनाउन आवश्यक छ।

स्वस्थ जीवनका लागि असल खानपान हुन अति आवश्यक छ। आज हामी तपाईंलाई असल खानपानका २० वटा उपायबारे जानकारी गराउँछौं।

यी हुन् असल खानपानका २० उपाय

१. विभिन्न थरीका खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

२. फलफूल र हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने।

३. दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने।

४. माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने।

५. दूध र दूधजन्य खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

६. खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने।

७. खानपान सम्बन्धि अन्धविश्वासबाट सावधान हुने।

८. खानामा नुनको प्रयोग कम मात्रामा उपभोग गर्ने।

९. गुलिया र चिल्ला खानेकुरा कम मात्रामा उपभोग गर्ने।

१०. सँधै ताजा र सफा खाद्य वस्तु उपभोग गर्ने।

११. पर्याप्त मात्रामा सफा पानी पिउने।

१२. नियमित रूपमा शारीरिक परिश्रम गर्ने।

१३. परम्परागत तथा स्थानीयस्तरमा पाइने पौष्टिक खाद्यवस्तु उपभोग गर्ने।

१४. पौष्टिक तत्व कम भएका तथा बढी गुलिया, चिल्ला र नुनिला खाने कुरा कम मात्रामा उपभोग गर्ने।

१५. मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने।

१६. शिशुलाई पर्याप्त मात्रामा स्तनपान गराउने।

१७. शिशु ६ महिना पूरा भएपछि स्तनपानको साथसाथै थप खाना खुवाउने।

१८. गर्भवती र स्तनपान गराउने आमाले थप र पोषिला खाद्य वस्तु उपभोग गर्ने।

१९. किशोरकिशोरीहरूले खानपान सम्बन्धी स्वस्थ मानी बसाल्ने।

२०. ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।

यी उपायलाई नियमित रूपमा आफ्नो जीवनमा लागू गर्न सकेमा धेरै किसिमका रोग तथा संक्रमणबाट पनि जोगिन सकिन्छ। स्वस्थ रहन सकेमा आफूले बनाउने हरेक कार्य तथा योजना सफल पार्न सकिन्छ। त्यसैले नयाँ वर्षदेखि नै यी उपायहरूलाई आफ्नो दैनिक जीवनमा लागू गर्नु उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस