“यो ध’म्की दिन खोजेको होइन, दिएकै हो, डराउने भगवानसंग हो, कुनै पार्टिका लठै’तसंग होइन”-चर्चित सञ्चारकर्मी रबी लामीछाने

सञ्चारकर्मी रबी लामीछाने ,काठमाडौं ।सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार। यहाँ मात्र होइन हरेक अस्पता’लमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ।आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ। सायद राजनीतिक लडाइ अब अलि मत्थर पनि भयो होला।

आजबाट कृपया कोभिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम बिरामी र तिनका आफन्तको तर्फबाट दश औला जोडि, तपाईंको पाउ नै स’मातेर नम्र निवेदन गर्द्छु।तपाईं को अस्पताल पर्दा तपाईंले बेड, अक्सिजन, रगत वा किड्नी नपाएको भए के हुन्थ्यो होला? ।अ’हिले जनताको हालत त्यो भन्दा कम खराब छैन।

नपत्याए, सपथपछि कुनै पनि अस्पतालको भ्रमण गर्नु होला।यति बेला तपाईं जनताको आशुको आहालसँगै सपथ ग्रहण गर्दै हुनु हुन्छ। यो परिस्थितिका लागि तपाईलाई मात्रै दोष दिएको होइन, यो स्थिति आउनुमा तपाई,

म र अरु धेरै जना, किसिम किसिमले दोषी छौ।एउटा सामान्य ब्यक्तिले जति गर्न सक्छ,म त्यो सबै गर्न तयार छु। के तपाई पनि तयार हो ? पार्टी बच्यो, पद बच्यो। अब आउनुहोस् जनता बचाऔं।अब यसपछि पनि केही समयका लागि तपाई वा तपाईंका कुनै नेता, मन्त्रीहरूको प्राथमिकता कोभिड भन्दा अर्को केही हो ,भने तपाईलाई र त्यो जो कोहिलाई पनि धेरै जनाबाट, कम्तीमा पनि मबाट चाहिँ खतरा छ।

(ज्यानको होईन है, अपब्याख्याको कष्ट नगर्नु होला, ब्याख्या गर्दै गरौंला)। यो ध’म्की.. दिन खोजेको होइन, दिएकै हो।तपाईका वैतनिक अवैतनिक सेनाहरुसँग लडेको त कति भो कति, ७ जुनी डराउन्न।डराउने र हिसाब दिने भगवानलाई हो, कुनै पार्टिका लठैतलाई होइन ।

यस अघि तपाईंले सपथ लिदा भगवानको नाममा सपथ लिनु भएको थिएन।तर आज चाहि कृपया देश र जनतासँगै भगवानको नाममा पनि सपथ लिइदिनु होला।मलाई लाग्छ,यो महामारीमा अहिलेसम्म यो देश र यस देशका जनतालाई भगवानको बाहेक कसैको भरोसा छैन। तपाईको कार्यकाल असल रहोस्।


यो पनि,,,“यो बेला एक अर्कासँग जुधे’र होइन,मिलेर यो म’हामारीसँग लडौं।सबैले सकेको गरौं।यो मु’स्किल समय एक दिन बितेर जानेछ।”,,चर्चित सञ्चारकर्मी रबी लामिछाने काठमाडौं ।

लेट-नाइट अपडेट: सकेसम्म भोलि बाटै संचालन गरिने गरि जनमैत्री अस्पतालमा १५ जना जति अक्सिजन नचाहिने बिरामीका लागि आइसोलेसन पनि संचालनमा ल्याउदै छौ, अस्पताल प्रशासनले जति परेपनि,जति सक्यो छिटो अस्पतालमै अ’क्सिजन प्लान्ट लगाउने वचन दिनु भएको छ, चाहेको जति गर्न सकेकै छैनौं, बिरामी र आफन्तहरुको गुनासो सुनेर पनि कयौं कुरामा लाचार छौ,कोशिश जारी छ,अस्पतालले फोन समेत उठाउन भ्याएको छैन,थप जनशक्तिका लागि सक्दो प्रयास गर्दैछौ।

हाम्रो प्रतिवद्द्ता यहि हो कि पैसाको अभावमा कसैले ज्यान गुमाउन नपरोस्,अस्पताललाई चाहिने अक्सिजन लगायतका सामाग्रीको जोहो गरि धेरैको ज्यान ब’चाउन सकौं।उप’चार प्रक्रियामा हामीले अस्पताल र चिकित्सकहरुलाई कुनै किसिमको हस्तक्षेप गरेका छैनौं।तैपनि स्वास्थ्यकर्मीहरुले आज दिनभर इमर्जेन्सीमा बिरामीहरुको निरन्तर सेवा गरे,३० जना जति वार्डमा उपचाररत हुनुहुन्छ, ICU मा अहिले ६ जना बिरामी हुनुहुन्छ।

मुल कुरो अक्सिजन!! भएको अक्सिजन रात भरि पुर्याउन गार्‍हो छ। ३०० सिलिन्डर फुल अक्सिजन पाउन पाए ११० बेड नै संचालन गर्न सकिने कुरा डा. साब हरु बताउनु हुन्छ, धेरै सँग हात जोडेर करिव ३० सिलिन्डर अक्सिजन यो २४ घन्टामा ल्याइयो, ट्रमा सेन्टरमा आपत परेको थाहा पाएपछि ५ वटा सिलिन्डर हिजै उता दिइयो, फ्लोमिटर/रेगुलेटको अभाव भएपछि महाबिर पुन दाइलाई कल गरियो, फोन राखेको १ घण्टामा सामान आइपुग्यो, महावीर दाइ र आविष्कार केन्द्र टिमको जय जय होस्, लायन्स क्लब इन्टर्नेशनलले पनि केही रेगु’लेटर दियो।

सहयोगी अभियन्ता साथीहरूको खटाइ र मेहनत देखेर नतमस्तक छु, यसबारे अर्को दिन दिल खोलेर लेखौंला।अन्य अस्पतालमा रहेका बिपन्न बिरामीलाई समेत सहयोग गरिरहेका छौ।खाद्यान्न अभावका कारण कोहि भोकै बस्न नपरोस् भनेर Galaxy 4K Team ले बिहान २ बजेसम्म Help Desk संचालन मार्फत निरन्तर समन्वय गरि यातायात र खानाको ब्यवस्था गर्दैछ। यो बेला एक अर्कासँग होइन,मिलेर यो महामारीसँग लडौं।सबैले सकेको गरौं।यो मुस्किल समय एक दिन बितेर जानेछ।

प्रतिक्रिया दिनुहोस