निमोनियाको यस्ताे लक्षण देखिए तुरुन्त डाक्टरको सम्पर्कमा जानुहाेस् नत्र आइपर्न सक्छ ठूलाे समस्या

निमोनिया खासगरी ५ वर्ष भन्दा तल र ६० वर्ष भन्दा माथिका उमेर समुहलाई हुने सम्भावना बढि हुन्छ । किनकी उनीहरुको प्रतिरक्षा प्रणाली अलि कमजोर हुने गर्दछ ।

निमोनिया एक गम्भीर प्रकारकाे रोग हो । यो रोग लागेमा फोक्सोमा पानी जम्नछ र फोक्सो सुनिने गर्दछ । समयमा नै लक्षणको पहिचान गरेर उपचार सुरु नगरे यो रोगले गम्भिर रुप लिन पनि सक्दछ ।

निमोनिया मुख्य रुपमा विषाणु वा जीवाणुको सकंमणबाट हुन्छ । यो ब्याक्टेरिया, भाइरस वा पेरासाइट्सको कारण पनि हुने गर्दछ । यसको साथै सुक्ष्म जीव, औषधी र अन्य रोगको कारणबाट पनि हुन्छ ।

यस्ता हुन्छन् निमोनियाको लक्षणहरू :

निमोनिया हुँदा फ्लु जस्तो लक्षण महसुस हुन्छ । यो लक्षण विस्तारै–विस्तारै तिव्ररुपमा विकास हुन्छ ।

निमोनियाको मुख्य कारण खोकी हो ।

रोगीले कमजोर र थकाई महसुस गर्छन् ।

बिरामीलाई ज्वरो आउनुको साथै पसिना आएर काम्ने पनि गर्छन् ।

बिरामीलाई सास लिन कठिनाई भएर तिव्ररुपमा सास लिन थाल्छन् ।

छातीमा दुखाई हुन्छ ।

बेचैनी महसुस हुन्छ ।

भोक कम लाग्छ ।

निमोनिया हुँदा साना बच्चामा देखिने लक्षणहरु,

साना बच्चाहरुलाई ज्वरोसँगै पसीना आएर काम्न थाल्छन् ।

बच्चाहरु जब धेरै खोक्न थाल्छन् ।

हेर्दै अस्वस्थ देखिन्छन् ।

खाना खान मान्दैनन्, भोकै महसुस हुँदैन ।

निमोनिया बैक्टीरियल, भाइरल, माइक्रोप्लाज्मा, एस्पिरेशन, फंगलजस्ता प्रकार हुन्छन् ।

के कारणले हुन्छ निमोनिया ?

भाइरस, ब्याक्टेरिया, फंगस वा अन्य जीवबाट निमोनिया हुन्छ ।

केही प्रकारका जीवाणुबाट र धेरैजसो निमोनिया गर्ने जीवलाई पत्ता लगाउन सकिदैन ।

निमोनिया भएपछि कुन अवस्थामा डाक्टरको सम्पर्कमा जाने

बिरामीको उमेर ६० भन्दा माथि भएमा

बिरामाीको बि.पी स्टोलिक १४० देखि डेस्टोलिक ९० भन्दा कम भएमा

बिरामीको सास छिटो चलेमा
सास फेर्न सहायताको आवश्यकता परेमा

रोगीको तापक्रम सामान्य भन्दा कम भएमा
बिरामीको ह्दयको गति ५० भन्दा तल र १०० भन्दा माथि भएमा । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस