“आज सुनचाँदीको मुल्य सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस”

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३९० पुगेको महासंघले जनाएको छ ।

९ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको नाफा
काठमाडाैं । चालू आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरूले ३ अर्ब २० करोड ८८ लाख खुद नाफा कमाएका छन् । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीहरूको उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ०८ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीहरूले रू। २ अर्ब ६९ करोड ४६ लाख नाफा कमाएका थिए ।

जीवन बीमा कम्पनीहरूको यो नाफा बीमांकीय मूल्यांकन हुनुभन्दा अगाडिको हो । बीमांकीय मूल्यांकन गर्दा बीमांकीले बीमाकोषमा भएको निश्चित रकम नाफा नोक्सान खातामा सार्न सक्छन् । त्यसअनुसार बीमांकीय मूल्यांकनपछि कम्पनीहरूको नाफा थप बढ्ने खबर आर्थिक अभियान दैनिकमा छ ।

कोरोना कहरका बीच पनि समीक्षा अवधिको नाफा उत्साहजनक रहेको कम्पनीहरूको भनाइ छ । कोरोना कहर र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा व्यवसायमा सुधार भएकाले नाफा पनि बढेको कम्पनीहरू बताइएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीको नाफामा उलेख्य वृद्धि देखिएको बताए । ‘नाफा बढ्नुमा कम्पनीअनुसार फरक फरक कारण हुन्छन् । समग्रमा भने लगानीबाट हुने प्रतिफल बढेरै नाफा बढेको हो,’ उनले भने । पछिल्लो समय कम्पनीहरूले शेयर लगानीबाट आम्दानी गरेकाले पनि नाफा बढेको उनको भनाइ छ । उनले भने, ‘विगत केही महीनादेखि नेपाली शेयर बजार बढ्दो क्रममा छ । त्यो अवस्थामा कम्पनीहरूले शेयर बजारमा लगानी गरेर नाफा बुक गर्ने काम पनि भएको हुन सक्छ ।’

तर, चौथो त्रैमासको जीवन बीमा व्यवसाय भने कोरोनाको दोस्रो लहरका कारण प्रभावित हुने उनको बुझाइ छ । वैशाख महीना शुरू भएदेखि नै जीवन बीमा व्यवसाय खस्किएको उनले बताए ।

‘जीवन बीमा व्यवसाय अभिकर्ताले ग्राहकलाई प्रत्यक्ष रूपमै भेट्नुपर्ने बाध्यता छ । तर, कोरोनाको दोस्रो लहर आएपछि र निषेधाज्ञाका कारण अभिकर्ता फिल्डमा गएर व्यवसाय ल्याउन सकेका छैनन्,’ उनले भने, ‘त्यसमाथि अहिले कम्पनीका शाखा कार्यालय नै बन्द गरिएका छन् । केन्द्रीय कार्यलयका प्रशासनिक काममा पनि वर्क फ्रम होम लागू गरेका छौं । वैशाखयता व्यवसाय करीब ठप्प जस्तै भएको छ ।’

जीवन बीमा व्यवसायका लागि वैशाखदेखि असारसम्मको समय बढी उपयुक्त मानिन्छ । यही समयमा कोरोनाको दोस्रो लहर शुरू हुँदा व्यवसाय नराम्ररी प्रभावित कम्पनीहरूको भनाइ छ । यद्यपि, निषेधाज्ञा नलम्बिए असारसम्ममा व्यवसायलाई सामान्य अवस्थामा ल्याउन सकिने भट्टराई बताउँछन् ।

‘गत आवमा पनि यही समयमा लकडाउन भएको थियो । पछि असारमा लकडाउन खुकुलो बनाएपछि भने व्यवसाय ह्वात्तै बढेको थियो । गत आवको कुल व्यवसायमध्ये ४० प्रतिशत त असारमै गरिएको थियो,’ उनले भने, ‘अहिले पनि जेठभित्रै निषेधाज्ञा हटे चालू आवको व्यवसायलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ ।’

समीक्षा अवधिमा नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । कम्पनीले यस अवधिमा रू। ५० करोड ६६ लाख खुद नाफा कमाएको छ । यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफले ३२ करोड २५ लाख र तेस्रो स्थानमा रहेको सूर्या लाइफ इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरूको औसत नाफा बढे पनि युनियन लाइफ र राष्ट्रिय बीमा संस्थानको नाफा भने घटेको छ । युनियन लाइफको ७ दशमलव ५६ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको १ दशमलव ४४ प्रतिशतले नाफा घटेको हो ।

गत आवको तेस्रो त्रैमाससम्ममा ८ करोड ९२ लाख नाफा कमाएको युनियन लाइफले अहिले ८ करोड २५ लाख र गत आवमा ४ करोड ९३ लाख नाफा कमाएको संस्थानले अहिले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस